१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


मध्यपुरथिमिको सिद्धिकाली र विष्णुवीर जात्राको रात पर्दै जाँदा रौनक बढ्दै



dWok’/ lyld, ! j}zfvM
lrnfv afn]/ la:sfM hfqfdf ;xefuLx?
x/]s jif{ dWok’/ lylddf dgfOg] la:sfM hfqf j}zfv ! ut] k|d’v b]jtf afns’df/L dfO{sf] rfGxl;of hfqfsf qmddf lrnfv afn]/ ;xefuL :yfgLo . laxfg $ ah] lrnfv afn]/ nfos”af6 ;’¿ ePsf] hfqfdf ;of}F :yfgLo afns’df/L dlGb/;Dd ;xefuL x’G5g . tl:a/ M /Tg >]i7÷/f;;

भक्तपुर
१ वैशाखएउटा समूह धिमे बाजा, झ्याली बजाउँदै अगाडि लागेका, सँगै अर्को समूह कपासको बत्ती धपक्कै बल्ने चिराग हातहातमा लिएर पछिपछि लागेका र त्यसपछि टोलटोलमा सिद्धिकाली र विष्णुवीर देवता विराजमान खट बोकेर टोलटोल घुमिरहेका छन् ।

साँझ ढल्केर रात पर्दै जाँदा धिमे बाजाको लयमा लठ्ठ परेको थिमिवासीमा जात्राको रौनकले ढपक्क ढाकेको छ । मानौँ अरु कुनै दुनियाँ छैन, संसार यही जात्राभित्रै छ । बिस्केट जात्राको अवसरमा प्रत्येक वर्ष वैशाख १ गते साँझदेखि रातिसम्म मनाइने प्रसिद्ध जात्रा हो विष्णुवीर र सिद्धिकाली जात्रा ।

विष्णुवीर मन्दिरबाट साँझ देवतासहितको खट बोकेर टोलटोलमा गएर जात्रा मनाउने गरिन्छ । यस जात्रामा सुरूमा स्थानीयवासी प्रथम गणेशलाई पाङ्गु टोलमा तीन पटकसम्म लिन जाने, विष्णुवीरलाई सुङ्गा टोलबाट तछुटोलको गणेश, प्रथम गणेश, वामुने गणेश, थासमा गणेशलगायत विभिन्न देवगणसहित इनाय् टोल, हात्ती महाङ्काल, भुलाँखेल, चोडे, सिवाटोल, दथुटोल, लाछी, वामुने टोल हुँदै पुनः तछुटोल र सुङ्गा टोलमा परिक्रमा गर्दै बालकुमारी मन्दिरमा परिक्रमा गराइएको छ ।

बालकुमारी मन्दिरको डबलीमा राखिएको विष्णुवीरसहितको देवगणलाई स्थानीय बासिन्दाले पूजा गरेपछि विष्णुवीरलाई सुङ्गाटोलबाट पाङ्गु टोलमा लैजाँदा नेवारी परम्पराअनुरूप मान्छे मर्दा बजाइने सिं बाजा बजाउँदै लाने प्रचलन रहेको स्थानीय संस्कृतकर्मी अर्जुन श्रेष्ठ बताउछन् । विष्णुवीरलाई कुनै पनि भूतप्रेतले छुन नसकोस् भनी उक्त बाजा बजाउने गरिएको र जात्रामा मलामी जाँदा झैँ टोपी फुकालेर जाने परम्परा रहेको उनको भनाइ छ ।

त्यसैगरि प्रसिद्ध सिद्धिकाली मन्दिरमा सिद्धिकालीको खटमा मूल देवतालाई विराजमान गराई विधिपूर्वक पूजा सम्पन्न गरेपछि खट बोकेर टोलटोलमा गएर जात्रा मनाइएको छ । यस जात्रामा सिद्धिकालीको खटलाई हात्ती महाङ्काल, कुमाननी, तुलाननी हुँदै जात्रा चपाचो पु¥याई स्वङ्गापुरको दुना फल्चा परिक्रमा गराई भुलाँखेल हुँदै चपाचोबाट सिद्धिकालीको आफ्नै स्थानमा विराजमान गराइन्छ ।

विष्णुवीर, दक्षिण बाराही, बालकुमारीलगायतका अन्य देवगणलाई सिन्दूर चढाई आ आफ्नो स्थानमा विराजमान गराएपछि आज राति नै यो जात्रा विसर्जन गरिने परम्परा रहेको सिद्धिकाली मन्दिर व्यवस्थापन समितिका श्रीकृष्ण प्रजापति बताउछन् ।

थिमिका देवगणलाई पूजा गर्ने, बालकुमारी मन्दिरभित्र वर्ष दिनसम्म कपाल नकाटेका पाँच कुमारलाई भोजन गराई, बालकुमारीलाई योमरी जात्रा मनाउने परम्परा रहेको छ ।

चान्हेसिया अर्थात रात्रिको जात्रा

यसैगरी मध्यपुरथिमिमा राति मनाइने चान्हेसिया अर्थात रात्रिको जात्रा भने सम्पन्न भएको छ । नयाँ वर्ष एवं बिस्केट जात्राको अवसरमा परापूर्वकालदेखि मनाइने उक्त जात्रा राति करिब २ बजे बालकुमारी माईलाई लायकु दरबारभित्र रहेको तलेजुबाट देवता (द्यो) पिचालाई तान्त्रिक विधि अनुरूप आसनमा पूजा गरी खटमा राखिएको थियो ।

मध्यपुरथिमिका बासिन्दाले मनाउने उक्त जात्रामा साँझ बालकुमारीलाई थिमिको लायकू दरबारबाट जात्रा गरी बालकुमारी मन्दिरमा ल्याएर विराजमान गराई चान्हेसिया जात्रा सुरु गरिएको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए ।

चान्हेसिया जात्रामा सर्वप्रथम त दिगुटोलस्थित दिगु भैरवलाई आचाजु कर्माचार्यको घरबाट लायकूमा ल्याइन्छ भने त्यसपछि तलेजुबाट बालकुमारीलाई ढकीमा राखेर कपडाले छोपी लायकू अगाडि ल्याएर जात्रा मनाइन्छ । त्यसपछि भने खटमा राखी बालकुमारी मन्दिरमा विराजमान गराइन्छ । जात्रामा थिमिका अधिकांश घरघरबाट चिराग बालेर र धिमाय बजाई दक्षिणबाराही, हरिसिद्धि र अजिमा देवतालाई ल्याएपछि पुनःबालकुमारीबाट शंखधर चोक हुँदै क्वाछेँस्थित दक्षिण बाराही मन्दिर परिक्रमा गराएको थियो ।

त्यसपछि तछुटोल, विष्णुवीर मन्दिर परिक्रमा गराई बालकुमारी मन्दिरमा ल्याइपु¥याएर पाँच पटक परिक्रमा गराएपछि सोही स्थानमा आआफ्नो आसनमा खटलाई राखेपछि चान्हेसिया जात्रा सम्पन्न भएको थियो । यस जात्रा मनाउँदा प्रत्येक घरबाट चिराग बालेर हात हातमा लिएर मन्दिर परिक्रमा गर्ने गरिन्छ । यो पर्व लोप हुन नदिन नगरपालिकामा ‘चिलाख (चिराग) गुठी’ नै स्थापना गराएको छ ।
(रासस)

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  ५ : ४८ बजे