१२ माघ २०८१, शनिबार | Sat Jan 25 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीबाट कर्मनासा खोला सरसफाई सुरु



वरपर होर्डिङ बोर्ड राख्ने,सडक नाटक प्रर्दशन, सरोकारवालाहरुसँग अन्र्तक्रियालगायतका कार्यक्रम निरन्तर हुनेछ

ललितखबर
२ बैशाख । ललितपुरको गोदावरी क्षेत्र हुँदै बग्ने कर्मनासा खोला सरसफाई अभियान आजबाट सुरु भएको छ ।

डिभिजन वन कार्यालय ललितपुरको आयोजनामा स्थानीय, निजामती कर्मचारी बन कार्यालयका कर्मचारी, अभियन्ता,प्रहरी प्रभाग बाँडेगाँउ ,दक्षिणकाली शसस्त्र प्रहरी गण, खुमल्टारका प्रहरीहरुले समेत खोला सरसफाई गरेका थिए ।

सरसफाई अभियानको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले शुभारम्भ गरेका थिए । कार्यक्रममा वागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव यज्ञनाथ दाहाल, उमेयर मुना अधिकारी, सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवार, वडाध्यक्षहरु सानुराजा घिमिरे,भास्कर थापा,निरोज बज्राचार्यलगायत समेत सहभागी भएका थिए ।

कार्यक्रममा मेयर महर्जनले गोदावरी क्षेत्र हराभरा बनाउन वन कार्यालयले गरेको प्रयासको प्रशंशा गरे ।

डिभिजन बनका प्रमुख रामकुमार भण्डारीले अभियान नदि सरसफाई मात्रै सिमित नराखी फोहोर नै हुन नदिन जनचेतनाका कार्यक्रम समेत गरिने बताए । उनले भने, ‘हामी वरपर होर्डिङ बोर्ड राख्ने,सडक नाटक प्रर्दशन, सरोकारवालाहरुसँग अन्र्तक्रियालगायतका कार्यक्रम निरन्तर हुनेछ ।’

 


गोदावरी खोला सफाई अभियान सञ्चालन गरिरहेकी अभियन्ता बेबी राजभण्डारीले आफूहरु नदि सरसफाई अभियान सफल बनाउन कर्मनासा खोला सफा गर्न सहभागी भएको बताइन् । उनले भनिन्, ’ललितपुर क्षेत्रको नदि सरसफाईमा हामी योगदान दिन चाहन्छौं । अहिलेदेखि नै सचेत हुने हो भने खोला सधै सफा राख्न सकिन्छ ।’

वागमती प्रदेश सरकार वन तथा वातावरण मन्त्रालयले ललितपुर सहित भक्तपुर काठमाडौंलगायत ५ जिल्लाको नदि सरसफाई अभियान सुरु गरेको हो ।

 

गोदावरीको बडिखेलबाट सुरु हुने कर्मनासा खोला देशकै दक्षिणतर्फबाट उत्तर तर्फ बग्ने दुर्लभ खोला हो । यो खोला गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका र ललितपुर महानगरको १७ वटा वडा हुँदै मनहरा खोलामा गएर सिसिन्छ । बडिखेल, टौखेल झरुवाराशी, ठैव, हरिसिद्धिसम्म खोला सामान्यतया सफा नै रहेको छ । महानगरको हात्तिबनबाट खोलामा ढल मिसाउन खोला मृत झै बनेको छ ।

प्रकाशित मिति : २ बैशाख २०८०, शनिबार  ६ : ४६ बजे