१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘विहे पास’ हेर्दा रोमान्चक तर धेरै कन्फ्युजन



ललितखबर
३ बैशाख । देशभरका चलचित्र भवनहरुमा ‘विहे पास’ चलचित्र शुक्रबारबाट प्रर्दशन जारी छ । चलचित्र बुलाकी र जारीसँगै प्रर्दशनमा प्रतिश्पर्धा गरेको यस चलचित्रले राम्रै दर्शक बटुल्न सफल छ ।


प्रेमकथामा आधारित चलचित्र विहे पास हेरुञ्जेल रोमाञ्चक अनुभव हुन्छ । तर चलचित्र हेर्दा धेरै कन्फ्युजन पैदा हुन्छ । चलचित्रले धेरै प्रश्नहरुको उत्तर दिन सक्दैन ।


चलचित्र ‘विहे पास’मा अभिनेत्री प्रकृती श्रेष्ठले आफूलाई उत्कृष्ट कलाकार प्रमाणित गरेकी छिन् । यद्यपी दयाहाङ राईको अभिनय क्षमता पुरानै ढर्रा देखिन्छ ।


चलचित्रले हेरुञ्जेल त मनोरञ्जन दिन्छ तर दुई घण्टाभर थुप्रै कौतुहल जन्माउछ । तर चलचित्र सलल बगेको छैन ।


चलचित्रको स्क्रिप्टमा थुप्रै गल्तीहरु भेटिन्छन् । अभिनेता दयाहाङ राई नायक भाग्यराज हुन् कि खलनायक दर्शकलाई भ्रम पैदा गर्छ । उनी खलनायक पात्रसँग मिलेर भन्सारबाट तस्करीको सामान छुटाउने काम गर्छन् । तस्कर र भन्सारका हामी आफ्ना ससुरासँगको द्वन्द्व चलचित्रको पर्दामा उतारिएको छ ।


अभिनेत्री प्रकृती श्रेष्ठसँग अदालती विवाह(कोर्ट म्यारिज)बाट सुरु भएको चलचित्र सम्बन्ध विच्छेद(डिभोर्र्स)सम्म पुगेको छ । चलचित्रको अन्तिम दृश्य ज्यादै नाटकीय देखिन्छ । दृष्टि श्रेष्ठको अन्तिम निर्णय र उनका बाबुमा आएको परिवर्तन चलचित्रले स्प्रष्ट रुपमा दिन सकेको छैन ।


चलचित्रमा धेरै इमोस्नल क्षणहरु भेटिन्छन् । ती क्षणहरुमा दर्शकलाई भावुक बनाउन सकेको छैन । हास्य विधाका प्रखर कलाकारहरु रविन्द्र झा र बुद्धि तामाङको अभियन हेर्न पाइन्छ । तर हसाउन सकेका छैन । चलचित्रमा मसला छैन । न त द्वन्द्वको दृश्य नै छ ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ३ : १५ बजे