काठमाडौं, ३ वैशाख । हाल अष्ट्रेलियामा रहेकी गायिका समीक्षा अधिकारीले मन भित्रको बह सुनाउन खोज्छु हासो र मजाकको पात्र बनेका बताएकी छिन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छन्,‘कुनै पनी घटना कथाबस्तुको बास्तबिकता अर्कै हुन्छ तर देखाउदा त्यसलाई फरक ढंगले देखाइन्छ । अनी हेर्नेले बुझ्नेले पनी त्यसरीनै हेर्छन र बुझ्छन । अनी कसैलाई गालीको बर्षात हुन्छ त कसैलाई तालीको । चलचित्रको कथा जस्तै मेरो जीन्दगीको कथा पनी त्यस्तै छ । अगाडी बड्न खोज्छु मेरा पाईला पछाडी तानिन्छन । मन भित्रको बह सुनाउन खोज्छु हासो र मजाकको पात्र बन्छु । आफ्ना नजरहरुलाई कहि कतै भुलाउन खोज्छु तर जताततै अध्यारो देख्छु । ए मेरो पनी भावना छ तपाईको जस्तै ।मेरो पनी मन छ तपाईको जस्तै आशु झर्दा दुख्छ,पोल्छ । लाग्छ अब त मेरा हरकुरा अर्थ हिन हुन जस्तो ।म गलत छैन,म कुनै चरीत्र हिन छोरी होईन मेरो पनी परीवार छ तपाईको जस्तै । पर्दामा देखीएका हरेक कुरा सहिहुदैनन । सत्यता त मनमै अड्किएर बसेको हुन्छ ।
अभिनेता दिपकराज गिरीले स्टाटरमा कमेन्ट लेख्दै कतिलाई स्पष्टीकरण दिन्छ्यौ? भन्दै प्रश्न गरेका छन् ।
उनले जसले बुझेका छन् उनिहरूलाइ बुझाउनै पर्दैन, जस्ले बुझ्न चाहेका छैनन प्राण गए पनि बुझ्ने छैनन भन्दै सान्त्वना दिने प्रयास गरेका छन् । समिक्षाले लडेर पनि फेरी उठने साहस गरेकोमाआफूले नमन गर्ने बताउदै इश्वरको नाम लिन र अगाडि सल्लाह दिएका छन् । उनले भनेका छन्, ‘आफ्नो लागि बॉच्ने हो अरूको लागि होइन‘ कुछ तो लोग कहेगे, लोगो का काम है केहेना‘. सबै भूलेर अगाडि बढ ।’
प्रतिक्रिया