२ चैत्र २०८२, सोमबार | Mon Mar 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जारी’को पाइरेसी, निर्माताले दिए उजुरी



काठमाडौं, ३ चैत । चलचित्र जारी लिक भएपछि निर्माता मणिराम पोखरेलले ३२ वटा सामाजिक सञ्जालका अकाउन्टविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएका छन्।
आइतबार प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटी पुगेर अनुसन्धानका लागि उनले उजुरी दिएका हुन्। उनले टिकटक, युट्युब र फेसबुकसहित केही व्यक्तिको नाम नै उल्लेख गरी कारवाहीका लागि निवेदन दिएका हुन्।
चलचित्र रिलिज भएकै दिन वैशाख १ गते राति एक युट्युब च्यानलमा फिल्म लिक भएको थियो। अप्रिल १४ नामक युट्युब च्यानलमा फिल्मको पूर्ण फुटेज लिक भएकोमा अहिले भने उक्त भिडियो हटाइएको छ। युट्युबमा १ घण्टा ४१ मिनेट लामो हलबाट खिचिएको फुटेज लिक भएकोपछि भिडियो क्लिपहरू टिकटक र फेसबुकमा पनि हालिएका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ७ : ४६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।