५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुरक्षण मुद्रण केन्द्रका निर्देशक विकल पौडेलविरुद्ध भ्रष्टाचार मुद्दा



काठमाडौं, ३ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका निर्देशक विकल पौडेल लगायतका पदाधिकारीलाई भ्रष्टाचारको अभियोगमा आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारद्वारा आइतबार जारी विज्ञप्ति अनुसार ‘पावर सिस्टम इन सेक्युरिटी प्रिन्टिङ प्रेस एण्ड प्रेसराइज्ड फ्यूल स्टोरेज ट्याङ’ खरिदमा बदनियत पूर्ण मिलेमतो गरेको अभियोगमा मुद्दा दायर गरेको हो। उनी माथि सेक्युरिटी प्रिन्टिङ खरिदमा वास्तविक भन्दा धेरै लागत तयार गरेर स्वीकृत गरेको, सम्झौता विपरीत गुणस्तरहीन इलेक्ट्रिक ट्रान्सफर्मर स्वीकार गरेको, देशमै उत्पादन भएको जेनेरेटर स्वीकार गरी भुक्तानी गरेको आरोप लगाइएको छ।

यसैगरी खरिद सम्झौता बमोजिम काम नगरी संरचना सञ्चालन बापत र आपूर्ति पछिको सेवा बापत अग्रिम तवरमा बढी भुक्तानी दिने र आवश्यकता नै नरहेको र औचित्य पुष्टि हुन नसक्ने बल्क फियुल ट्याङ सिस्टमको खरिद गर्ने कार्य गरी सरकारलाई हानी नोक्सानी तथा सरकारी रकमको दुरुपयोग गरी भ्रष्टाचार गरेको आरोप लगाइएको छ।

प्रकाशित मिति : ३ बैशाख २०८०, आइतबार  ११ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।