९ कार्तिक २०८१, शुक्रबार | Fri Oct 25 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात



काठमाडौं, ५ वैशाख । एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । त्रिवि मैदान कीर्तिपुरमा मंगलबार भएको उद्घाटन खेलमा नेपालले मलेसियालाई ६ विकेटले हरायो । जितका लागि मलेसियाले दिएको दुई सय ३६ रनको लक्ष्य पछ्याएको नेपालले ३ं६.२ ओभरमा चार विकेटको क्षतिमा दुई सय ३७ रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

नेपालका लागि भीम सार्की र कुशल मल्लले अर्धसतकीय रन बनाए । भिमले ७१ रन बनाए । उनले ९८ बलमा पाँच चौकाको सहयोगमा उक्त रन जोडेका हुन् । कुशल मल्लले अविजित ७० रन बनाए । उनले ४० बलमा पाँच चौका, पाँच छक्काको सहयोगमा उक्त रन बनाए । कप्तान रोहित पौडेलले ४२ र ओपनर कुशल भुर्तेलले ३८ रन बनाए ।

बलिङमा मलेसियाका मुहमद वाफिक, रिजवान हैदर, भिरनदिप सिंह र विजय युनाईले एक एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित ५० ओभरमा नौ विकेटको क्षतिमा दुई सय ३५ रन बनाएको थियो ।

मलेसियाका लागि कप्तान अहमद फैजले सर्वाधिक ७६ रन बनाउनुभयो । उहाँले ९५ बलमा आठ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाए । भिरनदिप सिंहले ४६, कहिजर हायातले २२, सायजरुल इदरुसले २१, मुहमद अमिरले १७, मुहमद सहादतले १५, सयद अजिजले १३ र विजय उनईले १२ रन जोडे ।
बलिङमा नेपालका सोमपाल कामी र सदीप लामिछानेले तीन तीन विकेट लिए । ललित राजवंशीले दुई तथा गुलशन झाले एक विकेट लिनुभयो । यससँगै मलेसियाविरुद्ध नेपालले आफ्नो अपराजित यात्रा कायम राखेको छ । यसअघि भएका पाँच भिडन्तमा पनि सबै नतिजा नेपालको पक्षमा रहेको थियो ।

एसीसी प्रिमियर कपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ नेपालसँगै मलेसिया, ओमान, कतार र साउदी अरब छन् ।

यस्तै समूह ‘बी’ मा संयुक्त अरब इमिरेट्स (युएई), हङकङ, कुवेत, सिंगापुर र बहराइन छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ११ : ३० बजे