१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘गायक प्रकाश सपुतको गीत युट्युवबाट नहटाए आन्दोलन’



५ वैशाख । गायक प्रकाश सपुतको स्वर, शब्द, संगीतमा सार्वजनिक ‘सकम्बरी’ बोलको गीत युट्युवबाट नहटाए आन्दोलन गर्ने रात्रीकालिन मनोरञ्जन व्यवसायी संघ नेपालले चेतावनी दिएको छ ।

संघका अध्यक्ष आशिष खड्का र महासचिव सगुन अधिकारीले हस्ताक्षरित विज्ञप्तीमा गायक प्रकाश सपुतले केही समयदेखि नेपाली छोरी÷नारीको अस्मितामाथि मजाक, व्यङ्ग्य प्रहार गर्दै भाइरल हुनकै लागि ’पीर’ र ’फूलमाया सकम्बरी’ जस्ता अपाच्य ल्याएर चर्चित हुन खोजेका आरोप लगाएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘२१औं शताब्दीको नेपाली छोरीहरू पसिना बगाएर, मिहिनेत गरेर आफ्नै खुट्टामा उभिन सक्ने भएका छन् । सरकारी, निजी क्षेत्रको उच्च नेतृत्व सम्हाल्ने, हवाइजहाज उडाउन सक्ने भएका छन् नेपाली छोरी । होला केही वाध्यता र परिस्थितिले यसमा फसेका पनि छन् । कलाकारिता क्षेत्रमा आउने सबै प्रतिभाहरू तपाईंको भनाइमा ’वेश्यावृत्ति’ गरेर नै यस क्षेत्रमा आएका हुन् र ’

संघले के रात्रीकालिन व्यवसायमा संलग्न सबै नारी–छोरीहरू देहव्यापार नै गर्न गएका हुन्छन् त ? भन्दै प्रश्न गर्दै भनेको छ– यस्ता प्रश्नको उत्तर आउने रचना र शब्द लेखनमा तपाईंको दिमाग, हात र मुख चल्यो भने चाहिँ सकरात्मक सन्देश जान्थ्यो यसो गर्दा तपाईंको कमाई नहुने हो र ? तपाईको यो गीतले सबै महिलालाई आक्षेप लाग्ने काम भयो, यो निन्दनीय छ ।’

संघले गायक सपुतलाई भिडियो सम्पूर्ण सामाजिक संजालबाट हटाउन चेतावनी दिदै नेपाली नारीहरुको अस्मिताको रक्षा गर्न आग्रह गरेको छ ।
संघले रात्रीकालिन मनोरञ्जन व्यवसायको नकारात्मक प्रचार नगर्न सपुतसँग आग्रह गरेको छ । संघले सपुतको गीतको घोर भत्र्सना गरेको उल्लेख गरेको छ ।

 

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  ३ : ५५ बजे