७ बैशाख । पछिल्लो समय चलचित्र भवनहरुमा सफलताका साथ प्रर्दशन भइरहेको चलचित्र जारीका कलाकारहरुले चलचित्रमा अभिनय गर्दाका रमाइला अनुभव सुनाएका छन् ।
राजधानीमा अभिनेता दयाहाङ राई कोरोना सुरु हुनुभन्दाअघि सुटिङ गरिएको यस चलचित्र लगत्तै नेपालमा कोरोना महामारी आएको र चलचित्र क्षेत्रमा सन्नटा छाएको तितो अनुभव सुनाए । उनले भने, ‘त्यसताका सुटिङ नभएको भए अहिले चलचित्र हेर्न पाइदैन थियो । शायद अहिले सुटिङ भइरहेको हुन्थ्यो होला ।’
जारीका अभिनेता दयाहाङ राईले आफूलाई लिम्बुको भूमिका सहज गएको प्रतिकृया दिए । राजधानीमा आयोजित कार्यक्रममा अभिनेता राईले आफू राईको छोरो भएकाले संस्कृती र चालचलन मिल्दोजुल्दो हुनुले काम गर्न सहज भएको बताए ।
उनले च्याबुङ बजाउन र नाच्न सझिलै जानेको बताए । निर्देशक उपेन्द्र सुव्वाले लेखेको यस स्क्रिप्टले आफूलाई अभिनय गर्न झन् सजिलो बनाएको अभिनेता राईको भनाई थियो । स्क्रिप्टमा चरित्र छलङ्गै भएकाले पढ्दा राम्रोसँग बुझेको र अभिनय गर्न सजिलो भएको बताए । राईको छोरोले लिम्बुको चलचित्र निभाउदा राई पारा आउने धेरैको प्रतिकृया दिए पनि त्यस्तो नभएको उनको भनाई थियो ।
अभिनेत्री मिरुना मगरले थियटरबाट आएका कलाकारहरुसँग काम गर्ने इच्छा पहिलेदेखि नै रहेको खुलाइन् । उनले जिवन्त अभियन गर्न क्यारेक्टरसँग भिज्न सिकेको, गाँउले परिवेसमा आफूलाई ढाल्न निरन्तर प्रयत्न गरेको सुनाइन् ।
कलाकार विजय बराललाई लिम्बु बन्न सकेको परेको लिम्बुको लबज ल्याउन भरपुर मेहनत गरेको सहस्य खुलाए । लिम्बु समुदायसँगको निरन्तरको संगत र हाउभाउबाट आफूले चरित्रमा डुवेर काम गर्न सहज बनेको उनको भनाई थियो ।
निर्देशक उपेन्द्र सुव्वाले लिम्बु समुदायका महिलाले धेरै स्वतन्त्रता उपभोग गरेको तर सम्पतीको उपभोगमा महिलाले अधिकार नपाएसम्म त्यो अधिकार पुर्ण नहुने देखेकाले चलचित्र निर्माण गरेको बताए । उनले भने, ‘मैले चलचित्र बनाउदै जाँदा कस्तो बन्यो थाहा छैन ।’
निर्देशक उपेन्द्र सुव्वाले लिम्बु समुदायका महिलाले धेरै स्वतन्त्रता उपभोग गरेको तर सम्पतीको उपभोगमा महिलाले अधिकार नपाएसम्म त्यो अधिकार पुर्ण नहुने देखेकाले चलचित्र निर्माण गरेको बताए । उनले भने, ‘मैले चलचित्र बनाउदै जाँदा कस्तो बन्यो थाहा छैन ।’
अभिनेता राईले निर्देशक सुव्वाले स्क्रिप्ट दिएपछि सबै तयारी गरिसकेको पत्तो पाएको रहस्य सुनाए । उनले भने,‘चलचित्र निर्माणका लागि आवश्यक तेल पेल्ने कोलजस्ता दुर्लभ बस्तु पनि तयार पारेर अघि बढेको देखे ।’ उनले आफूले खोजेकोजस्तै कथामा चलचित्र पाएको भन्दै खुशी व्यक्त गरे ।
प्रतिक्रिया