नयाँ बर्षको पहिलो दिन शुक्रबार र दोश्रो दिन शनिबार परेकाले पनि चलचित्रले धेरै दर्शकको साथ पाएको हो
९ बैशाख । नयाँ बर्षबाट प्रर्दशनमा आएको चलचित्र ‘जारी’ले आक्रमक व्यापार गरेको छ । चलचित्र विकास बोर्डका अनुसार चलचित्रले साताभर ७ करोड ५० लाख हाराहारी रुपैयाँ ग्रस कलेक्सन गरेकोे छ ।
प्रर्दशन सुरु हुनुअघिदेखि चलचित्र जारीको बुकिङ राम्रो थियो । मल्टीप्लेक्सहरुले चलचित्र जारीलाई सुरुदेखि नै धेरै हल उपलव्ध गराएका थिए । नयाँ बर्षको पहिलो दिन शुक्रबार र दोश्रो दिन शनिबार परेकाले पनि चलचित्रले धेरै दर्शकको साथ पाएको हो ।
नयाँ बर्षको पहिलो दिन एकसाथ चलचित्र बुलाकी र विहे पाससँगै ‘जारी’ प्रर्दशनमा आएको थियो ।
चलचित्र भवनमा भएको ग्रस कलेक्शन सबै निर्माताको हातमा भने पर्दैन । हल, वितरक र प्रचारको खर्च कटाउदा निर्माताले झण्डै २ करोड ५० लाख हात पार्ने अहिलेसम्मको अवस्था छ ।
लिम्बु संस्कृतीमा आधारित चलचित्र ‘जारी’ कवि उपेन्द्र सुव्वाको लेखन र निर्देशनमा बनाइएको छ । चलचित्रको शिर्ष भुमिकामा दयाहाङ राई, मिरुना मगर, विजय बराल कमलमणी नेपाललगायतले दमदार अभिनय गरेका छन् ।
यो साता प्रतिश्पर्धी चलचित्र प्रर्दशनमा नआएको र बलिउड सुपरस्टार सलमान खानको चलचित्र ‘किसी का भाई किसी की जान’ पनि कमजोर देखिएसँगै चलचित्र ‘जारी’ले केही समय बजारमा थप व्यापार गर्ने सम्भावना छ ।
चलचित्रले राम्रो व्यापार गरेसँगै राजधानीमा आयोजित एक कार्यक्रममा निर्देशक सुव्वाले आफू धेरै खुशी भएको बताएका थिए । उनले जारीको दोश्रो संस्करण बनाउनेबारे केही बताएनन् ।
प्रतिक्रिया