काठमाडौं, ९ वैशाख । काठमाडौंका दुई छुट्टाछुट्टै दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-१४स्थित सडकमा एउटा मोटरसाइकल दुर्घटना हुँदा एक जना चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।
बा.प्र-०२-०१९ प ९७१ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटना हुँदा शनिबार बिहान मकवानपुर थाहा नगरपालिका-७का २७ वर्षीय अशोक स्याङ्ताङको मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएपछि उनलाई कलंकीस्थित नेशनल अस्पताल लगिएको थियो। त्यहीँ उपचारको क्रममा मृत्यु भएको हो।
मोटरसाइकलमा सवार अर्का एक जनाको सोही अस्पतालमा उपचार जारी छ।
यस्तै चन्द्रागिरि नगरपालिका-१० सतुङ्गल सिजी गेट अगाडि बा ५ ख ७००४ नम्बरको हायस गाडीलाई ओभरटेक गर्नेक्रममा अर्को मोटरसाइकल पनि दुर्घटनामा परेको थियो।
प्रदेश ०३-०२०औ०१३ प ९१८ नम्बरको मोटरसाइकल सोही गाडी मुनी छिरेको थियो।
उक्त दुर्घटनामा भने पाल्पाको तानसेन नगरपालिका-३ घर भएका २२ वर्षीय रसिक रामजालीको शनिबार बिहान मृत्यु भएको हो।
प्रतिक्रिया