१४ माघ २०८२, मंगलबार | Wed Jan 28 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

ललितपुर


चापागाँउ ठेचो क्षेत्रको कुबे देउँबु फाँटमा वरपर सरसफाई



१० बैशाख । ललितपुर चापागाँउका अगुवाहरु सरसफाई अभियान सम्पन्न गरेका छन् । शनिबार समावेशी बस्ती टोल बिकास संस्थाले ललितपुर गोदावरी नगरको ११ र १२ कुबे देउँबु फाँटबाट जनचेतनामुलक फोहर व्यस्थापन तथा सरसफाई अभियान थालेको थिए ।
उउनीहरुले ठेचोबाट पश्चिम र पूर्व झरूवारासी क्षेत्रमा अव्यवस्थित रूपमा फालिएका फोहर व्यवस्थापन गरेका थिए ।

सरसफाई अभियानमा बागमती प्रदेश सभासद उर्मिला लामा समेत सहभागी थिइन् । सरसफाईमा कृष्ण केसी, अनिता देशार, श्याम गौतम, टीका नेपाल, उपेन्द्रकुमार घिमिरे, बबी राई, मनि राई, फुलमाया सारु मगर, मिना राई, सुशीला पौडेल, अम्बिका गौतम, विमला सापकोटा, आष्मा धिमिरे, सुरेम देशारलगायत स्थानीय अगुवाहरु सहभागी भएका छन् ।

आयोजक संस्थाका अध्यक्ष केसीले अबदेखि सार्वजनिक स्थान वा पानीको मुहानमा फोहर फालेको प्रत्यक्ष भेटिएमा ५ हजार जरिमाना तिराइने बताए ।

‘अचेल झाँडी पायो भने फोहर फ्याँकिहाल्ने बानी छ, यस्तो कार्य हामी आफैंबाट परिवर्तन हुनुपर्छ,’ उनले भने, ‘अबदेखि प्रत्येक हप्ता फोहर तथा जनचेतनामूलक कार्यक्रम गर्ने छौं ।’

 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  १ : ३९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।