१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


चन्द्रागिरी केबुलकारले दियो यात्रुलाई सास्ती



१० बैशाख । हावा हुरीले चन्द्रगिरी केबुलकार विग्रेपछि यात्रु मर्कामा परेका छन् ।
शुक्रबार दिउँसो केबुलकार हावा हुरीका कारण विग्रेको केबुलकारका डव्वामा रहेका यात्रुलाई समयमै उद्दार नगर्दा सास्ती पाए । ठूलो हुरी आएसँगै केबुलकार रोकिएको थियो । केबुलकार चढेका यात्रुलाईं व्यवस्थापनले लामो समयसम्म डव्वामा राखेको थियो । लामो समयपछि मात्रै व्यवस्थापनले उनीहरुको उद्दार ग¥यो ।
शनिबार चन्द्रागिरी घुम्न पुगेका यात्रुलाई समेत व्यवस्थापनले सास्ती दिएको तथ्य खुलेको छ । व्यवस्थापनले केबुलकार बन्न लागेको भन्दै यात्रु कुराएको थियो । लामो समयसम्म केबुलकार चढ्न पर्खेका यात्रुलाई साँझपख नबने सूचना पाएपछि झण्डै २ घण्टा लामो बाटो हिडेर फर्केका थिए ।
केबुलकार मर्मत भइरहेको व्यवस्थापनले साँझ मात्रै विज्ञप्ती गरेर जानकारी दिएको छ । केबुलकार व्यवस्थापनको रबैयाको सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
केबुलकारको लगानी नेपाल उद्योग बाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकाललगायतको रहेको छ ।

 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  २ : ०४ बजे