१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


किर्तिपुरमा आतङ्क मच्चाउने चितुवा पासोमा



विश्वविद्यालयको बाटो हुँदै साँझ बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो

१० बैशाख । एक महिनाअघिदेखि त्रिभुवन विश्वविद्यालय र वरपरका क्षेत्रमा आतङ्क फैलाइरहेको चितुवा आज बिहान पासोमा परेको छ ।

विश्वविद्यालयको बाटो हुँदै साँझ बिहान आवतजावत गर्ने सवारीसाधनसँग जुध्ने र केही बटुवालाई आक्रमणसमेत गरेको चितुवालाई त्रिवि सेवा आयोगको कार्यालय नजिक पासोमा पारेर नियन्त्रणमा लिइएको हो ।

महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक राजु लामाका अनुसार गत चैत २५ गते परिसरका प्रहरी सहायक निरीक्षक (असई) लाई समेत आक्रमण गरेको थियो । करिब एक महिनाअघि त्रिवि सडकबाट कीर्तिपुरतर्फ जाँदै गरेको मोटरसाइकलसँग जुधेको थियो ।

त्रिवि केन्द्रीय क्याम्पसका प्रार्चाय ज्ञानेन्द्र राईका अनुसार करिब एक वर्षअघिदेखि जनस्तर र त्रिवि कर्मचारीले चितुवाको जोखिमबारे कुरा उठाउँदै आएका थिए । त्यसपछि वन्यजन्तुसम्बद्ध निकायबाट पासो ल्याएर राखिएको थियो । तत्कालीन समयमा सो चितुवा पासोमा नपरेपछि केही समय पासो अन्यत्र लगिएको थियो । केही समयअघि फेरि पासो थापिएको उनले बताए ।

त्रिवि चितुवाको आवतजावत हुनुमा नजिकको जङ्गल, त्रिवि परिसरका विभिन्न स्थानमा रहेका झाडी भएको प्राचार्य राईले बताए । “यहाँ छाडा छोडिएका बहर र कुकुरका कारण पनि तिनको सिकार गर्न चितुवा आउँछन्, यसले गर्दा मानवसँग द्वन्द्व हुने खतरा बढेको छ”, उनले भने ।

पासोमा परेको चितुवाबारे वन्यजन्तुसम्बन्धी निकायमा खबर गरिसकिएको र कीर्तिपुर नगरपालिका वडा नं १० का अध्यक्ष नरेश महर्जनसमेतको रोहवरमा बुझाइने जानकारी पनि प्राचार्य राईले दिए । चितुवाको आवतजावत कम गराउन त्रिवि परिसरका झाडी फडान गर्ने र मानिसको आवजजावत हुने सबै स्थानमा बत्ती जडान गर्ने कार्य भइरहेको पनि उनले बताए ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ५ : २१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।