११ माघ २०८१, शुक्रबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


देउराली सहकारीको सातदोबाटो कार्यालय बन्द



ललितपुर खबर
१० बैशाख । ललितपुरको सातदोबाटोमा रहेको देउराली बहुउदेश्यीय सहकारीको कार्यालय बन्द भएको छ ।
केही दिनदेखि सहकारीको कार्यालय खोलिएको छैन । सहकारीमा पैसा लिन आएका बचतकर्ता ढोकामा लगाइएको ताल्चा हेरेर फर्कने गरेका छन् ।
ललितपुर ठेचोका नन्दराम महर्जन सहकारीले विगत ८ महिनादेखि आफ्नो पैसा फिर्ता नदिएको भन्दै दुखेसो पोखे । उनले भने, ‘सञ्चालकको फोन उठ्दैन । कर्मचारी पैसा उठाउन आउदैन । कार्यालय बन्द छ । मलाई अन्याय भयो ।’
उता चरम आर्थिक समस्यामा परेका सहकारीका अध्यक्ष रविन्द्र चौलागाई विखलबन्दमा छन् । पछिल्लो समय बजारमा पैसा अभाव पनि सहकारी झन् समस्याको भुमरीमा फसेको छ ।
अध्यक्ष चालागाईले कार्यालयमा तोडफोड र लुटपाट हुन थालेपछि बाध्य भएर सहकारी कार्यालय बन्द गर्नु परेको ललितखबरलाई बताए । उनले भने,‘नयाँ सडक र भक्तपुरको कार्यालय खुलै छ ।’
कार्यालयमा पैसा नपाएपछि बचतकर्ताले सामान उठाउने र कर्मचारीमाथि हातपात समेत गरेका थिए । सहकारीमा प्रहरी समेत सुरक्षा दिन बसेको थियो । तर सधै सहकारीमा बचतकर्ताले झगडा गर्न लाथेपछि प्रहरीले झगडा मिलाउन पनि असम्भव बन्दै गएकोएक बचतकर्ताले बताए । अध्यक्ष चौलागाईले सुरक्षा दिन नसकिएको र कर्मचारीमा त्रास बढेको कारण कार्यालय बन्द गर्नुपरेको बताउछन् ।
अध्यक्ष चौलागाई ठूलो बचत रकम हुने बचतकर्तालाई जग्गा दिएर कारोबार मिलाएको बताउने गरेका छन् । भन्छन्, ‘भएको जग्गा रोक्का छ । बचतकर्ता थप पैसा निकालेर जग्गा आफ्नो बनाउदैनन् । बचतकर्ताको पैसाले कारोबार मिल्न सकेको छैन ।’
उनी कित्ताकाट खुलेको हुँदा जग्गा कित्ताकाट गरेर कारोबार मिलाउन तयार हरेको बताउछन् ।
सहकारीले बचतकर्ताको पैसा घरजग्गामा लगानी गरेको कारण समस्यामा परेको हो । पछिल्लो समय घरजग्गा बिक्न छोडेपछि सहकारीका बचतकर्ताको पैसा फिर्ता गरेको छैन ।

 

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ५ : ५२ बजे