५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कीर्तिपुरमा चितुवालाई ट्रयापमा पारियो, चिडियाखाना पठाइने



काठमाडौं, १० वैशाख । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) परिसरमा चितुवा आतंक भएपछि ट्रयापमा पारेर चितुवालाई नियन्त्रणमा लिइएको छ। साँझपख त्रिवि परिसरमा सर्वसाधारणलाई झम्टने र मोटरसाइकलमा सवारीमाथि नै आक्रमण गर्न थोलपछि ट्रयापमा पारेर चितुवा नियन्त्रणमा लिइएको हो।
सर्वसाधारणलाई हैरानी दिनथालेपछि वन कार्यालयले ट्रयापमा पारेर चितुवालाई खोरमा हालेको छ। वनले उपलब्ध गराएको फलामको खोरमा कुखरा राखेर चितुवालाई ट्रयापमा पारिएको हो।
कुखुरा खान खोरभित्र प्रवेश गरेपछि ढोका लक हुने सिस्टम मिलाइको थियो। शनिबार राति कुखुरा खान खोरभित्र पस्दा ढोका लक भएपछि चितुवा ट्रयापमा परेको हो।
नियन्त्रणमा लिइएको चितुवालाई सदर चिडियाखानामा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : १० बैशाख २०८०, आइतबार  ८ : ५८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।