१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘छक्का पञ्जा ४’ ले कति कमायो ? दिपकराजलाई करको डर ?



बर्ष बषरिमा १० प्रतिशत चलचित्रले लगानी उठाउनै हम्मे पर्ने बजारमा आम्दानीको २५ प्रतिशत आयकर तिर्नु पर्ने त्रास निर्माताहरुमा छ

 

११ बैशाख । गएको अन्तिम साता चलचित्र विकाश बोर्डले एउटा तथ्याङ्क सार्वजनिक ग¥यो ।
तथ्याङ्क अनुसार ‘कबड्डी ४’ ले २२ करोड कमाएको छ । तर दिपकराज गिरीले निर्माण गरेको चलचित्र ‘छक्का पञ्जा ४’ ले करिव १७ करोड हाराहारी मात्रै ।
तथ्याङ्क सार्वजनिक भएसँगै उनले तत्कालै आपत्ती जनाए । आफ्नो चलचित्रको तथ्याङ्क कम देखाइएको । अरु चलचित्रले धेरै कमाएको सार्वजनिक भएसँगै उनी रष्ट थिए ।

बोर्डले सार्वजनिक गरिसकेको छ । मैले बोल्दा विवाद आउला के बोल्नु

विकाश बोर्डले अव निरन्तर तथ्याङ्क सार्वजनिक गर्ने बक्स अफिस लागू नभएको ठाँउमा व्यवस्थित गर्ने जानकारी दियो । बोर्डले चलचित्रलाई करको दायरामा ल्याउन यस्तो कदम अघि बढाएको भाउ पाएसँगै दिपकराज गिरीको मुख टालिएको छ ।
चलचित्र ‘छक्का पञ्जा ४’ ले आइतबार साँझ देशभरका २० वटा हलमा प्रर्दशनको ५१ दिन पुरा गरेको भन्दै ‘सफलताको भोज’ आयोजना गरेर सफल बनाउन योगदान दिनेहरुलाई सम्मान गरेको थियो । कार्यक्रममा बोल्दै निर्माता दिपकराज गिरीले चलचित्रको आम्दानी सार्वजनिक गर्न हिच्किचाए । ‘बोर्डले सार्वजनिक गरिसकेको छ । मैले बोल्दा विवाद आउला के बोल्नु ?’ उनले उल्टै प्रश्न गरे ।
पछिल्लो समय सिनेबजारमा चलचित्रहरुमाथि भुवन केसी नेतृत्वको विकाश बोर्डले कर लगाएर निर्माताहरुको ढड सेक्ने खतरा देखेर जो कोही धेरै बोल्न चाहिरहेका छैनन् । बर्ष बषरिमा १० प्रतिशत चलचित्रले लगानी उठाउनै हम्मे पर्ने बजारमा आम्दानीको २५ प्रतिशत आयकर तिर्नु पर्ने त्रास निर्माताहरुमा छ ।
अर्थमन्त्रीसँग चलचित्र क्षेत्रको विकाशका लागि बजेट माग गर्न गएका बोर्ड अध्यक्ष भुवन केसीलाई चलचित्र क्षेत्रले सरकारलाई कति कर तिर्छ भन्दै प्रश्न उठाएपछि उनी मन्त्रालयबाट उत्तर नै नदिई फर्केको चर्चा छ । उनी अर्थमन्त्रीलाई जवाफ दिन हलहरुमा बक्स अफिस लागू गरेर तथ्याङक लिने र कर उठाउने योजनामा छन् ।

 

 

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ६ : २० बजे