५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चावहिल नीरा पाण्डे हत्या प्रकरणः आशंकित व्यक्तिको तस्विर फेला



काठमाडौं, ११ वैशाख । काठमाडौं चावहिलको सरस्वतीनगरको भाँडा पसलमा भएको हत्यामा संलग्न एक आशंकित व्यक्तिको तस्विर भेटिएको छ ।

भाडा पसल संचालिका नीरा पाण्डे आचार्य हत्या भएको घटनास्थल नजिकैको एक सिसिटिभी फुटेज फेला परेपछि प्रहरी आंशकित व्यक्तिको तस्विर फेला पारेको हो ।

घटनाको कारणबारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको उपत्यका अपराध अनुसन्धान महाशाखाले जनाएको छ ।

सोही घटनाको अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर टेकुले प्रहरी निरिक्षक राजन लामा नेतृत्वको टोली पनि परिचालन गरेको छ ।

गत वैशाख ७ गते सरस्वतीनगरस्थित निरु भाडा पसलमा सञ्चालिका पाण्डेमाथि छुरा प्रहार गरी हत्या भएको थियो ।

प्रकाशित मिति : ११ बैशाख २०८०, सोमबार  ८ : १८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।