३१ भाद्र २०८१, सोमबार | Tue Sep 17 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

बागमती प्रदेश


पनौतीको खानेपानी आईपुग्यो बनेपा



करिब नौ वर्षदेखि निर्माण सुरु गरिएको खानपानी योजनाअन्तर्गत निकालिएको पानी हाल बनेपाको आजाद डाडामा रहेको खाने पानी ट्याङ्कमा खसालिएको हो

 

१२ बैशाख । एकीकृत खानेपानी योजनाअन्तर्गत देवीथानबाट पानी बनेपा नगरपालिकाको ट्याङ्कमा खसालिएको छ ।

ट्याङ्कमा खसालिएसँगै बनेपावासीको खाने पानी समस्या समाधान नजिक पुगेको बनेपा नगरपालिकाका नगरप्रमुख शान्तिरत्न शाक्यले बताएका छन् ।

नेपाल खानेपानी संस्थानबाट पानी वितरण गर्दै आएको भए पनि बनेपामा पानीको अभाव कायमै रहेकाले सहजताका लागि नेपाल खानेपानी संस्थानको ट्याङ्कमा खसालिएको नगरप्रमुख शाक्यले बताए । उनका अनुसार करिब नौ वर्षदेखि निर्माण सुरु गरिएको खानपानी योजनाअन्तर्गत निकालिएको पानी हाल बनेपाको आजाद डाडामा रहेको खाने पानी ट्याङ्कमा खसालिएको हो ।

एकीकृत खानेपानी नेपाल खाने पानी संस्थानको ट्याङ्कमा खसेसँगै पर्याप्त खानेपानी आपूर्ति गर्न सकिने खानेपानी संस्थानले जनाएको छ । एकीकृत खानेपानी बनेपाको मुख्य बजार क्षेत्र केन्द्रित भई वडा नं ५, ६, ७, ८ र ९ मा वितरण गर्ने योजना रहेको बताइएको छ ।

प्रकाशित मिति : १२ बैशाख २०८०, मंगलबार  ५ : ४४ बजे