५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘चिकित्सा शिक्षामा जात्रा भो’ भन्दै विरोध प्रदर्शन



काठमाडौं, १३ वैशाख । चिकित्सा शिक्षामा योग्यताक्रम विपरस्तको भर्ना प्रक्रिया रद्द गरिनुपर्ने मागसहित चिकित्सकहरुले शान्तिपूर्ण प्रदर्शनमा उत्रेका छन्। चिकित्सकहरुले चिकित्सा शिक्षा आयोगले सर्वोच्च अदालतको आदेश अवज्ञा गरेको आरोप समेत लगाका छन्।

एमडी/एमएस, एमबिबिएस र सम्पूर्ण चिकित्सा शिक्षा विज्ञानको योग्यताक्रम विपरितको भर्ना प्रक्रियाबिरुद्ध खवरदारीका लागि चिकित्सकहरु सडकमा उत्रेका हुन् । चिकित्सा शिक्षा आयोगले जारी गरेको नतिजामा योग्यताक्रम मिचिएको भनाई उनीहरुको छ।

चिकित्सा शिक्षमा ‘मेरिटोक्रेसी’ कायम गर्न सर्वोच्च अदालतले आदेश दिएपनि चिकित्सा आयोगले पालना नगरेको आरोप चिकित्सकको छ। छात्रवृत्ति र पैसा तिर्ने कुरामा पनि समस्या रहेको भनाई उनीहरुको छ ।
चिकित्सा शिक्षा आयोगले गत बर्षको पुस २ गते परीक्षा लिएको थियो।

परीक्षाको नतिजालाई वैज्ञानिक व्यवस्थापन नगरी हचुवाका आधारमा भर्ना प्रक्रिया अघि बढाएकाले आन्दोलनमा उत्रनुपरेको चिकित्सकले बताएका छन्। चिकित्सा शिक्षा आयोगसँग सम्बन्धित क्याम्पसहरुले धम्कीपूर्ण रुपमा विद्यार्थीहरुलाई दबाब दिइरहेको भनाई समेत उनीहरुको छ । माग पूरा नभएसम्म निरन्तर विरोधका कार्यक्रम अघि बढाइरहने उनीहरुले बताएका छन्।

प्रकाशित मिति : १३ बैशाख २०८०, बुधबार  १२ : ०७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।