२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

खेल


सन्दीप लामिछानेको उत्कृष्ट कतारविरुद्ध नेपालको सानदार जित



काठमाडौं, १४ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत कतार विरुद्धको खेलमा नेपालले सानदार जित हासिल गरेको छ। सन्दीप लामिछानेको उत्कृष्ट प्रदर्शनमा नेपालले कतारलाई ६८ रनले हराएको हो। टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरको खेलमा ४०.३ ओभरमा सबै विकेट गुमाउँदै १५७ रन मात्र बनाएको थियो।

नेपालका तर्फबाट सन्दीप लामिछानेले सर्वाधिक ४२ रन बनाए भने कप्तान रोहित पौडेलले २७ र आसिफ सेखले १९ रनको योगदान दिए। अन्य सबै ब्याट्सम्यानको प्रदर्शन कमजोर रहँदा नेपाल १५७ मा समेटिएको थियो।

१५८ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएका कतारका खेलाडी नेपाली बलरको धारिलो बलिङका सामु टिक्न सकेनन्।एकपछि अर्को विकेट गुमाउँदै गए र २५.५ ओभरको समाप्तिमा सम्पूर्ण विकेट गुमाउँदै कतार ८९ रनमा समेटियो। नेपालका तर्फबाट लामिछानेले ५, सोमपाल कामीले ३ र ललितसिंह राजवंशीले २ विकेट लिए।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  १० : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।