५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा बालबालिकाका लागि विशेष खोप



ललितपुर, १४ वैशाख । ललितपुरमा बालबालिकाका लागि विशेष खोप अभियान सुरु हुने भएको छ। जिल्ला स्वास्थ्य कार्यालयको पहलमा आज बसेको जिल्ला पूर्ण खोप समन्वय समितिको बैठकको निर्णयानुसार नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकाका लागि दुई दिन विशेष खोप कार्यक्रम गर्ने निर्णय भएको स्वास्थ कार्यालयका प्रमुख डा अर्जुनप्रसाद सापकोटाले जानकारी दिए।
यसअघि विभिन्न कारणले खोप लगाउन छुटेका सबै बालबालिकालाई दुई दिनको विशेष अभियानमा समेट्न जिल्लाका सबै संयन्त्र परिचालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए। “खोप लगाउनबाट बालबालिका छुटे विभिन्न रोग फेरि फर्कन सक्छ, त्यही भएर प्रचार–प्रसार गर्ने, वडालाई चनाखो बनाउने गर्नुपर्छ”, प्रजिअ आचार्यले भने।
विशेष खोप कार्यक्रमका लागि पाटन अस्पतालले दुई दिन नै विशेष बुथ राख्ने स्वास्थ्य कार्यालयका अधिकृत पार्थमणि न्यौपानेले जानकारी दिए।
ललितपुर २०७४ वैशाख १४ गते पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो। जिल्लामा पूर्ण खोप कार्यक्रमका लागि प्रत्येक वर्षको चैतभित्र स्वास्थ्यकर्मीले घरधुरी सर्वेक्षण गरेको न्यौपानेले जनाउनुभयो। खोप अभियान सफलतापूर्वक सम्पन्न गर्न जनप्रतिनिधि, सरकारी कर्मचारी, स्वास्थ्यकर्मी, सेना, प्रहरी, बुद्धिजीवी लगायत सबै तहका व्यक्तिको साथ लिने उनले बताए।

प्रकाशित मिति : १४ बैशाख २०८०, बिहिबार  २ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।