प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि युवतीहरुलाई परिचय गराउन पाएकोमा असाध्यै गर्व र खुसी लागेको छ
१५ बैशाख । मिस नेपाल २०२३ को २४ जना प्रतियोगीहरुल बनेपास्थित डाबर नेपाल नर्सरीमा पुगेर अवलोकन भ्रमण गरेका छन् । भ्रमणमा प्रतियोगीहरुले विभित्र वातावरणीय समसस्याहरु बुझ्नुका साथै डाबर वाटिका मिस नेपालका सहभागीहरुले यहाँको विश्व स्तरीय हरितगृह सुविधाको निरिक्षणसँगै नेपालले दुर्लभ र लोपोन्मुख जडिबुटीबारे जानकारी दिएका छन् ।
डाबर नेपालका मार्केटिङ प्रमुख अभय गोर्खालीले भने, “प्रकृति र प्राकृतिक प्रजातिको संरक्षणका लागि युवतीहरुलाई परिचय गराउन पाएकोमा असाध्यै गर्व र खुसी लागेको छ ।।“
डाबर नेपालका मेडिसिनल प्लान्टका प्रमुख अरविन्द राणाले दुर्लभ र लोपोन्मुख जडिबुटीको खेती गर्ने प्राविधिक ज्ञान बाँड्दै इको प्रणालीको सँरक्षणमा कम्पनीको योगदान रहेकोमा जोड दिए । डाबर नेपालको बनेपामा अत्याधुनिक प्रविधिसहितको विश्व स्तरीय हरित गृह रहेको छ जसले नेपालको २४ वटा जिल्लामा संकटग्रस्त प्रजातिको प्रवद्र्घन र खेती गरेको कम्पनीले खावी गरेको छ । कम्पनीले ५० वटा सहकारी मार्पmत जडीबुटी खेती गरी किसानहरु को जिविको पार्जनलाई वैकल्पिक श्रोतको रुपान्तरण दिएको बताएको छ ।
प्रतिक्रिया