४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लागूऔषध मुद्दाका फरार अभियुक्त इमाडोलबाट पक्राउ



काठमाडौं, १५ वैशाख । प्रहरीले लागू औषध मुद्दाका फरार अभियुक्तलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा जिल्लाको शहीदभूमि गाउँपालिका-३ घर भई हाल ललितपुरको सानेपामा बस्‍दै आएका २७ वर्षीय खिलप्रसाद भन्‍ने खिरीलाला राई रहेका छन् ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई इमाडोल ललितपुरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनकुटा पठाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  ४ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।