काठमाडौं, १७ वैशाख । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक अध्यक्षसमेत रहेका महावीर पुनसँग सरकारले वार्ता सुरू गरेको छ । आविष्कारका क्षेत्रलाई बजेट बिनियोजन गर्नुपर्नेलगायत माग राखेर पुन धर्नामा बसेका छन्।
पुनसहित उनको टोलीसँग सरकारले वार्ता सुरू गरेको हो। उपप्रधानमन्त्री, रक्षामन्त्री तथा कानून मन्त्री पूर्णबहादुर खड्का र पुनसहित उनको टोलीबीच आइतबार दिउँसो रक्षा मन्त्रालयमा वार्ता भएको छ।
प्रतिक्रिया