१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘जारी’को प्रर्दशन जारी, अरु चलचित्र निरिह



१८ बैशाख । नयाँ बर्षको पहिलो दिन बैशाख १ गतेबाट प्रर्दशनमा रहेको चलचित्र ‘जारी’ का लागि मल्टीप्लेक्स हलहरुले धेरै शो छुट्याउनु र टिकट बुकिङ राम्रो भएसँगै चलचित्र ‘जारी’ ले सिने बजारमा धमाका पिटिरहेको छ ।
नयाँ बर्षको पहिलो दिन शुक्रबार र सार्वजनिक विदा अनि भोलि पल्टको शनिबारको मौका छोपेर चलचित्र ‘जारी’, ‘बुलाकी’ र ‘विहे पास’ प्रर्दशनमा आए । चलचित्र ‘विहे पास’ले सामान्य व्यापार गर्न सफल भयो । चलचित्र भवनमा धेरै शो दिइएको भन्दै ‘बुलाकी’का निर्माताले चलचित्र नै नचाउन मानेनन् ।
पछिल्लो समय उस्तै कथा रहेको चलचित्र ‘बुलाकी’ र ‘जारी’को तुलना नै नहुने हल सञ्चालकहरु बताउछन् । उनीहरुका अनुसार पछिल्लो समय १८ दिनदेखि चलचित्र ‘जारी’ हाउसफुलका साथ प्रर्दशन भइरहेको छ ।


दोश्रो हप्तामा आएपछि प्रर्दशनमा आएका चलचित्रहरु ‘कैदीको पत्र’, ‘प्रसाद २’ र ‘नाईं नभन्नू ल ६’ का कारण चलचित्र  ‘जारी’को यात्रा रोकिने धेरैको अनुमान थियो । तर यी  चलचित्रहरु ‘जारी’को सामुन्ने फिक्का सावित भए । चलचित्र ‘जारी’को यात्रा जारी नै रह्यो ।
‘जारी’ले प्रदर्शनको पूर्वसन्ध्यामा गरिएको प्रिमियरमा चलचित्रकर्मी, पत्रकारहरुको राम्रो प्रतिकृया पाएको थियो । हुन त प्रिमियरमा चलचित्र हेरेर निर्माता, निर्देशक र कलाकारहरुसामु चलचित्र झुर छ भनेर कसैले पनि भनेको सुनिदैन । चलचित्र हेरेर फर्केपछिको माउथ पव्लिसिटी, चलचित्र समिक्षकहरुको सकारात्मक प्रतिकृया र प्रचारको राम्रो प्रबन्धका कारण चलचित्र ‘जारी’ प्रर्दशनको जारी राख्ने साधन बने ।
हलमा आइतबार समेत चलचित्रको अुकपेन्सी ५० प्रतिशतमाथि रहेको हल सञ्चालकहरुले बताएको छन् । १७ दिनसम्म यस चलचित्रले करिव १३ करोड हाराहारी उठाइ सकेको छ । यसबाट निर्मातालाई झण्डै ५ करोड हात पर्छ । केही दिनको थप व्यापार र विदेशमा हुने चलचित्रको व्यापार र ओटिटिको कर्माइ निर्माताको थप आम्दानी हुन् ।


साहित्यकार हुँदै्र चलचित्रको कथा लेखनबाट चलचित्र निर्देशनमा हात हालेका निर्देशक उपेन्द्र सुब्बाको डेव्यु चलचित्रले सफल भएसँगै खुशी लागेको बताउछन् । चलचित्रमा अभिनेता दयाहाङ राई र अभिनेत्री मिरुना मगर जाडीले कमाल गरेको छ । लिम्बु संस्कृतीमा कायम रहेको जारी संस्कृतीमाथि यो चलचित्र निर्माण गरिएको छ ।

 

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ३ : ३२ बजे