१९ वैशाख । चालु आर्थिक वर्ष २०७९/८० मा मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशत मात्र कायम हुने राष्ट्रिय तथ्यांक कार्यालयले अनुमान गरेको छ ।
मंगलबार तथ्यांक कार्यालयले आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको हो । सरकारले भने चालु आर्थिक वर्षमा ८ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य लिएको थियो ।
उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि रहने कार्यालको अनुमान छ । नेपालको अर्थतन्त्रको आकार आर्थिक वर्ष २०७९/८० मा ५३ खर्ब ८१ अर्ब पुग्ने कार्यालयको अनुमान छ ।
आर्थिक वृद्धिको यो अनुमान एसियाली विकास बैंक र विश्व बैंकले गरेको अनुमानभन्दा कम हो । यसअघि एसियाली विकास बैंक र विश्व बैंकले सन् २०२२/२३ का लागि नेपालको आर्थिक वृद्धिदर ४.१ प्रतिशत हुने प्रक्षेपण गरेका थिए ।
प्रतिक्रिया