१९ माघ २०८२, आइतबार | Sun Feb 1 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर महानगरका अधिकृतविरुद्ध मुद्दा दायर



ललितपुर, २० वैशाख । एक लाख घुस खाएकाे आराेपमा ललितपुर महानगरकाे शिक्षा महाशाखाका अधिकृतविरुद्ध मुद्दा दायर भएकाे छ।
शिक्षक सरुवामा एक लाख रुपैयाँ घुस खाएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललितपुर महानगरपालिका, शिक्षा महाशाखामा कार्यरत शिक्षा अधिकृत (सातौँ तह) शेषकान्त पौडेलविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

घुस लिएका उनलाई यसअघि अख्तियारले रंगेहात पक्राउ गरेको थियो। थप छानबिन गरेर अख्तियारले उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा १ बमोजिम जरिवाना र सोही दफा ३ को उपदफा १ को देहाय खण्ड (ग) बमोजिम कैद सजाय हुन मागदाबी लिई अख्तियारले उनीविरुद्ध मुद्दा दायर गरेको हो।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १० : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।