१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ले आफ्नो जन्म दिनमा उपहार बाँडेपछि…



 

२१ बैशाख । सामान्यतया आफ्नो जन्मदिनमा केक काट्ने र शुभेच्छुकहरुले बर्थडे गर्ल÷ व्याईलाई जन्मदिनको अवसरमा उपहार दिने चलन छ ।

तर राजधानीमा कलाकार पल्पसा डंगोल ‘चम्सुरी’को जन्म दिनको केक काट्ने कार्यक्रममा विहीबर ठिक उल्टो दृश्य देखियो ।

कलाकार ‘चम्सुरी’ ले बरिष्ठ हास्य कलाकार आरके मानन्धर,सुनिता श्रेष्ठलगायत मदनकृष्ण श्रेष्ठ,राजु भुजु,मञ्जु श्रेष्ठ,लाई उपहार दिइन् । उनकी छोरीहरुले ‘चम्सुरी’लाई सरप्राइज केक ल्याइ दिए अनि काट्न लगाए ।


हास्य कलाकार ‘चम्सुरी’को जन्म दिनको अवसरमा दोश्रो गीत ‘तिमी जाने भट्टीतिर’ सार्वजनिक कार्यक्रमको यो दृश्य थियो ।

उनले आफूले गाएको गीत सार्वजनिक कार्यक्रममा मृगौला फेल भएर जीवन मरणको दोसाँधको रहेर नयाँ जीवन पाएसँगै आफ्नो श्रृजना सार्वजनिक गर्न पाउदा खुशी लागेको बताइन् ।

हास्य कलाकार मदनकृष्ण श्रेष्ठले ‘चम्सुरी’ले भिडियो निर्देशन,अभियन र गायन एकै पटक गरेर ह्याट्रिक गरेको भन्दै बधाई दिए । कार्यक्रममा उनले गाएको गीतको भिडियोको प्रिमियर गरिएको थियो ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ४ : ३१ बजे