१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


राजधानीमा ‘मिस्टर एन्ड मिस नेशनल नेपाल २०२३’ हुने



 

२१ जेठ । राजधानीमा तेस्रो संस्करणको ‘मिस्टर एन्ड मिस नेशनल नेपाल’ आगामी जेठ १ गते हुने भएको छ ।

प्रतियोगितामा पछिल्लो समय सहभागी हुने क्रम बढ्दो रहेको आयोजक संस्था सनुर्भी इन्टरनेशनल प्रालिले जानकारी दिएको छ । काठमाडौँमा प्रतियोगिताबारे जानकारी दिन आयोजित कार्यक्रममा काठमाडौँसँगै इटहरी, धनगढी र पोखरामा भएको अडिसनमार्फत छनोट भएका एक सय ७० बाट ३६ र त्यसबाट छानिएका २१ जना प्रतियोगीले प्रस्तिस्पर्धा गरिरहेको संस्थाका नेपाल निर्देशक सन्तोष उपाध्यायले जानकारी दिएका छन् ।

“म आफैँ प्रतियोगीको रूपमा मिस एन्ड मिस्टर सुप्रानेशनल’ मा सहभागी भएर चौथो बनेपछि अवसरको सिर्जना गर्नुपर्छ भनेर यसलाई नेपालमा सुरु गरेको हुँ । यसपटक मैले मिस ग्लोब र मिस्टर इन्टरनेशनलको शीर्षकसमेत थपेको छु”, निर्देशक उपाध्यायले भने, “हामीले प्रतियोगिता निष्पक्ष होस् भनेर अन्तर्राष्ट्रिय विजेतालाई नै निर्णायकसमेत बनाउने गरेका छौँ । हामीप्रति बढिरहेको विश्वासले हामीलाई थप दायित्वबोध गराएको छ ।”

उनले दिएको जानकारी अनुसार प्रतियोगिताको निर्णायकमा ‘मिस्टर सुप्रानेशनल २०१८’ का विजेता प्रथ्मेश मौलिङ्ग्कार हुन् । उनी आउँदो साता नै नेपाल आउनेछन् ।

प्रशान्त ताम्राकारको कोरियोग्राफी रहने प्रतियोगितामा दुई पुरुष र दुई महिला गरेर चार विजेता छानिनेछन् । जसमध्ये पुरुष विजेताले अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस्टर सुप्रन्यासनल र मिस्टर इन्टरनेशनलमा सहभागिता जनाउनेछन् भने महिला विजेताले मिस सुप्रन्यासनल र मिस ग्लोबमा सहभागीको अवसर प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  ४ : ५१ बजे