१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


गायिका समिक्षा भन्छिन्, ‘ज्यानको सुरक्षा गर्न मुद्दा हाले, नायक पल शाहको माया लागेर बयान फेरे’



मलाई पल शाहको टिमबाट ज्यान मार्ने धम्की आयो । म बालकै थिए । ज्यानको सुरक्षाका लागि मुद्दा हाल्नु प¥यो

२४ बैशाख । गायिका समिक्षा अधिकारीले आफूले नायक पल शाहलाई निर्दोष सावित गर्न आफूले बयान फेरेको दावी गरेकी छिन् ।
एक टेलिभिजन कार्यक्रममा बोल्दै आफू गलत नभएको बताएकी छिन् । उनले आफूले ज्यानको सुरक्षाका लागि मुद्दा हाल्ने अवस्थामा पुगेको समेत स्प्रष्टिकरण दिएकी छिन् । उनले भनिन्, मलाई पल शाहको टिमबाट ज्यान मार्ने धम्की आयो । म बालकै थिए । ज्यानको सुरक्षाका लागि मुद्दा हाल्नु प¥यो ।’ आफूसँग अरु विकल्प नरहेको उनको भनाई छ । आफूले मायाँ गरेको मान्छेको नराम्रो नहोस् भनेर बयान फेरेको बताएकी छिन् ।
उनले आफूले नायक शाहलाई मायाँ गरेको र मुद्दा हाल्नु अघिसम्म नायक पल शाहले मायाँ गरेको उनको भनाई छ ।
उनले अन्र्तवार्ताका क्रममा धेरै पल्ट आत्महत्याको प्रयास गरेको खुलाएकी छिन् । उनलाई नायिका स्वस्तिमा खड्का र गायन क्षेत्रका अर्जुन पोखरेललगायतले साथ दिएको जवाफ फर्काएकी छिन् ।
घटनाको अवधिमा उनका धेरै गीतहरु संगीतकारले हटाएको, मेला महोत्सवमा निम्ता आउने क्रम घटेको र स्टेज कार्यक्रममा समेत ढुंगा हानेर आक्रमण गरिएको दुखेको पोखेकी छिन् ।
बलात्कारको विषयमा सञ्चारमाध्यमहरुमा समाचार आएपछि आफूले पललाई बचाउन सँगै बसेर बलत्कार घटना ढाकछोप गर्न चाहेको उनको भनाई छ । उनले पलको अझै मायाँ लाग्ने खुलासा गरेकी छिन् ।
समिक्षाले पल शाहको टिममा रहेका मान्छेहरुले आफूविरुद्ध षड्यन्त्र गरेको आरोप लगाएकी छिन् ।
केही समयअघि गायिका समिक्षा अधिकारीले बलत्कारको आरोपमा अभिनेता पल शाहमाथि मुद्दा हालेकी थिइन् । अभिनेता पल शाह जेल परेपछि मुद्दाकै क्रममा अधिकारीले बयान फेरेपछि अभिनेता शाह एक बर्षपछि जेलमुक्त भएका हुन् ।
गएको ४ दिनअघि उनले निकै ठूलो हिम्मतको साथ टेलिभिजन कार्यक्रममा बोलेको भन्दै स्टाटस सामाजिक सञ्जालमा पोष्ट गरेकी थिइन् ।

उनले आफूलाई कसैले आएर कहिल्यै सोध्न नै नचाहेको काल्पनिक कथाहरु बनाइयो, चलचित्रका कथा झैँ हजार कथाहरु बनाएको, गलत देखाएको, बोल्न पनि नदिएको बताएकी छिन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  २ : ४३ बजे