५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौं महानगरका मेयर बालेन भन्छन्, ‘टुकुचा खोलाको लगत कट्टा गरेर सार्वजनिक गरिने’



अदालतको फैसलाले काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको

२४ बैशाख । काठमाडौं महानगरका मेयर बालेन शाहले टुकुचा खोलाको जग्गा सार्वजनिक बनाउने बताएका छन् ।


सामाजिक सञ्जालमा लेख्दै उनले उच्च अदालत पाटनको फैसलाको पूर्णपाठले टुकुचा खोलालाई प्राकृतिक स्वरूपमा खुला कायम गर्ने विकल्पलाई स्पष्ट रूपमा मान्यता दिएको भन्दै टुकुचा ढल होइन, टुकुचा खोला नै हो भन्ने कुरा पुनः प्रमाणित गरेको बताएका छन् ।
उनले कुनै पनि नदीको वहाव क्षेत्र, सोको दायाँबायाँ वा सोको माथिको जग्गा व्यक्ति विशेषको नाममा रहन नसक्ने वैधानिक मापदण्ड रहेको भन्दै मेयर बालेनले अदालतको फैसलाले काठमाडौं महानगरपालिकालाई पहिलो चरणको सफलता मिलेको बताएका छन् ।

टुकुचा खोलाको क्षेत्राधिकार भित्रको व्यक्ति विशेषको नाममा त्रुटीवश कायम हुन गएको दावी गर्दै मेयर शाहले आफूले चालेका कुनै पनि कदम खेर नगएको उल्येख गरेका छन् ।

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  २ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।