५ चैत्र २०८२, बिहिबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटन अस्पतालमा तीन दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया



ललितपुर, २५ वैशाख । ललितपुरस्थित पाटन अस्पतालमा तीन दिनको शिशुको ट्युमरको सफल शल्यक्रिया गरिएको छ । वैशाख १८ गते जन्मिएको शिशुको कम्मरभन्दामुनि १२ सय ग्रामको ट्युमर देखिएपछि वैशाख २१ गते शल्यक्रिया गरिएको न्युरोसर्जन डा. रुपेश राउतले जानकारी दिए ।
ट्युमरको शल्यक्रिया न्युरोसर्जन प्रा. डा. प्रकाश विष्ट, डा. राउत, डा. दिनुज श्रेष्ठ, प्लास्टिक सर्जन डा. प्रयुष चन्द, एनेस्थेसिया लगायतको टिमले गरेको हो । पाटन अस्पतालमा न्युरोसर्जरी विभाग सुरु भएको एक वर्षमा १३५ वटा सफल शल्यक्रिया भइसकेको डा. राउतले बताए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।