२६ बैशाख । चलचित्र ‘काँडेतार’को केही दृश्य र संवादमा सेन्सर बोर्डले आपत्ति जनाएपछि निर्माता नवल खड्काले आफूलाई राज्यले खेदेको भन्दै बरु आफूलाई मार्न चेतावनी दिएका छन् ।
उनले राजधानीमा आयोजित पत्रकार सम्मेलनमा भने, ‘देशभक्तीपूर्ण चलचित्र ‘काँडेतार’ बनाउदा राज्यले खेद्न छोडेर बरु आफूलाई मार्न, गलत काम गरेको प्रमाणित गरेर जेल हाल्न चुनौती दिदै भने, सधै खेदेको खेद्यौ गर्दा कति सहन सकिन्छ ।’
उनले देशभक्तिपुर्ण चलचित्रमा ‘काँडेतार’ खेल्न धेरै कलाकारहरूले अस्वीकार गरेको भन्दै दुखेसो पोखे । उनले आफूले बजारमा चलेको भन्दा धरै परिश्रमिक दिन खोज्दा समेत धेरै कलाकार भागी भागी हिडेको बताए ।
।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले सबैले बसेर फिल्म हेरी आपत्तिको विषय छुट्याउन आव्हान गरे । ‘यदि आपत्तिकै विषय छ भने सेन्सर बोर्डलाई सघाउँला, नत्र यसरी रोक्न मिल्दैन’, उनले भने । यस्तै प्राध्यापक डा. सुरेन्द्र केसीले देशको सीमा मिच्दा र राष्ट्रियताको मुद्दा उठाउँदा झनै प्रोत्साहन गर्नुपर्नेमा फिल्म रोकिनु दुःखको कुरा भएको बताए ।
प्रा डा सुरेन्द्र केसीले सेन्सर बोर्डका पदाधिकारीहरूलाई चलचित्र रोकेर बहादुरी नदेखाउन चुनौती दिए । उनले भने, ‘सक्छौ भने सिमा मिच्नेहरूसँग लडेर देखाउ ।’
देशभक्तपूर्ण चलचित्र ‘काँडेतार’ सेन्सर बोर्ड रोकेकोमा एमाले नेता भीम रावलको पनि असन्तुष्टि व्यक्त गरे । उनले भारत,चीन ,पाकिस्तानलगायतले देशभक्तपुर्ण चलचित्र निर्माण गर्ने तर्क गरे । देशको पक्षमा चलचित्र निर्माण गर्दा रोक्नेहरू देशघाती भएको बताउदै नेता रावलले सेन्सर बोर्डलाई कुन संविधानको कुन धारा , ऐनले रोकेको भन्दै प्रश्न गरे ।
उनले विगतमा सरकारले भारतीय चलचित्र उद्योगले योगदान दिएवापत सरकारले अरवौ खर्च पुरस्कार दिन चाहेको तर एउटा कलाकारको मृत्यु हुँदा चन्दा उठाएर दाहसंस्कार गर्नु परेको घटना सुनाउदै कला जगतको पिडा सुनाए ।
नेता रावलले निर्माता खड्काले बरू मारिदेउ भन्ने हनेइन । अर्काे चलचित्र बनाएर देशघातीहरूविरूद्ध धावा बोल्नु पर्ने बताए ।
प्रतिक्रिया