६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


यस्तो छ देशको वर्तमान आर्थिक स्थिति(पूर्णपाठसहित)



काठमाडौं, २७ वैशाख । नेपाल राष्ट्र बैंकले देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सार्वजनिक गरेको छ । बुधबार राष्ट्र बैंकले आर्थिक् वर्ष २०७९–८० को ९ महिनाको तथ्यांकमा आधारित रहेर देशको वर्तमान आर्थिक स्थिति झल्काउने रिपोर्ट सार्वजनिक गरेको हो । जसअनुसार वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ७.७६ प्रतिशत रहेकोछ । यस्तै आयात १८.१ प्रतिशतले, निर्यात २६.३ प्रतिशतले र कुल वस्तु व्यापार घाटा १७.१ प्रतिशतले घटेको बैंकले जनाएको छ ।

रिपोर्टमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा २४.२ प्रतिशतले र अमेरिकी डलरमा १३.९ प्रतिशतले बढेको उल्लेख गरिएको छ । यसैगरी शोधनान्तर स्थिति रु.१८० अर्ब १७ करोडले बचतमा रहेको पनि रिपोर्टमा उल्लेख छ ।

यस्तै ९ महिनाको अवधिमा कुल विदेशी विनिमय सञ्चिति रु.१४३३ अर्ब ७३ करोड र अमेरिकी डलरमा १० अर्ब ९४ करोड रहेको छ भने संघीय सरकारको खर्च रु.९४३ अर्ब ५ करोड र राजस्व परिचालन रु.६८३ अर्ब ८१ करोड रहेको छ । यस्तै विस्तृत मुद्राप्रदाय ६.६ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा यस्तो मुद्राप्रदाय ९.९ प्रतिशतले बढेको रिपोर्टमा उल्लेख छ ।

यसैगरी बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ७.० प्रतिशतले बढेको छ । जसमा निजी क्षेत्रमा प्रवाहित कर्जा ३.५ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा निक्षेपको वृद्धिदर ११.० प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जाको वृद्धिदर ३.२ प्रतिशत रहेको बैंकले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ८ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।