ललितखबर
२८ बैशाख ।
बुधबार राजधानीमा चलचित्र ‘हल्कारा’को कलाकार, शुभेच्छुक र पत्रकार माझ प्रिमियर गरिएको छ ।
पुरानो पुस्ताले भोगेको चिठी आदान प्रदान गरिने हुलाकी प्रचलनलाई कथामा समेटेर बनाइएको चलचित्र ‘हल्कारा’ हेरेर प्रिमियरमा सहभागी पाहुनाले राम्रो लागेको जवाफ फर्काएका छन् ।
एमाले नेता रघुजी पन्तले चलचित्रले विदेशिनु पिडा देखाइएको र यो विश्वव्यापी प्रचलनलाई चलचित्रमा पस्किएको भन्दै चलचित्र समय सान्दर्भिक रहेको प्रतिकृया दिए ।
कलकार मुकुल भुसाल चलचित्र हेरेपछि सञ्चारकर्मीसँग ‘हल्कारा’ राम्रो मात्रै भनेनन् चलचित्रको पात्रहरुको अभिनय देखेर लोभिएको बताए । भने, ‘कतै म पनि त्यो पात्रमा अभिनय गर्न पाएको भए राम्रोसँग निभाउने भन्ने लाग्यो ।’
अभिनेत्री उषा रजकले चलचित्र ‘हल्कारा’ को प्रशंशा गर्दै चलचित्रले गहन विषय उठाएको बताइन्
एमाले नेता प्रदिप ज्ञावालीले ‘हल्कारा’को कथा जीवन्त रहेको टिप्पणी गर्दै आफूहरुको हिजोको पुस्ताले भोगेको समस्या कलात्मक ढंगबाट प्रस्तुत गरिएको बताए । उनले वैदेशिक रोजगारीका कारण नेपालीहरुले भोग्नु परेको पारिवारिक सामाजिक मूल्य चुकाउनु परेको यतार्थलाई उजागर गरेको भन्दै नेता ज्ञावालीले हर्ष प्रकट गरे ।
यस्ता चलचित्रका निर्माताले प्रिमियर कार्यक्रममा बोलाएका पाहुनाले चलचित्रको नकारात्मक टिप्पणी गरेको सुनिदैन । सञ्चारमाध्यममा समाचार खपतका लागि प्रिमियर कार्यक्रम आयोजना गर्ने गरिएको भन्दै टिप्पणी सुनिने गरे पनि राम्रो चलचित्रको माउथ पव्लिसिटी सहायक हुने धेरै चलचित्रकर्मीहरुको ठम्यार्इ छ । चलचित्रको प्रिमियरमा कलाकारहरुले राम्रो पक्षको प्रशंशा गर्ने गरेका छन् । जुन चलचित्र प्रर्दशनका लागि सहयोगी हुने गरेको छ ।
राम्रा चलचित्रले आयोजना गरेका प्रिमियर कार्यक्रमको प्रभाव राम्रो हुँदै गएको छ भने खर्चालु निर्माताको प्रिमियरको खर्च हलुवामा वालुवा भएको भन्दै सिने बजारमा चर्चा हुने गरेको छ ।
यही शुक्रबारबाट देशभरका चलचित्र भवनहरुमा ‘हल्कारा’ प्रदर्शन हुँदैछ ।
चलचित्रमा महेश त्रिपाठी, बिनिता थापामगर, शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ, विद्या कार्की, प्रकाश दाहाल, विष्णुभक्त अधिकारी, दीपक क्षेत्रीलगायतको अभिनय छ ।
प्रतिक्रिया