१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


बडिखेलका शिक्षक अन्जनकुमार आचार्यले १७ जना विद्यार्थी कुटेपछि हंगामा



शिक्षकले विद्यार्थी कुटपिट गरेपछि अभिभावकहरुले शिक्षकको घर घेराउ  गरेका थिए

ललितखबर
३० बैशाख । ललितपुरको बडिखेलका श्री पथ प्रर्दशक माविका शिक्षक अन्जनकुमार आचार्यले १७ जना विद्यार्थी कुटेपछि हंगामा मच्चिएको छ ।

शुक्रबार विद्यालयमा कक्षमा ७ मा पढ्ने विद्यार्थीहरुलाई कुटेर घाइते बनाएपछि आचार्यलाई पक्राउ गरिएको महानगरिय प्रहरी प्रभाव बाँडेगाँउले ललितखबरलाई जानकारी दिएको छ ।

शिक्षकले विद्यार्थी कुटपिट गरेपछि अभिभावकहरुले शिक्षकको घर घेराउ  गरेका थिए । टोलबासी नै उठेपछि शिक्षकलाई बचाउन प्रहरीलाई खबर गरिएको थियो ।

घाइते विद्यार्थीहरुलाई गोदावरी १४ ठैवस्थित गोदावरी मेडिसिटी अस्पताल लगेर उपचार गरिएको छ । एक शिक्षकका अनुसार सबै विद्यार्थीलाई उपचारपछि घर फर्काइएको थियो । उनीहरुको शरिरभरि नीलडाम भएपछि विद्यार्थीहरुलाई अभिभावकहरुको मागपछि अस्पताल लगेर उपचार गरिएको  थियो ।

घटना नियन्त्रणमा लिन पिडक शिक्षकलाई पक्राउ गर्नु परेको बाँडेगाँउ प्रहरीको भनाई छ । एक प्रहरीले भने हामीले शिक्षक आचार्यलाई महानगरिय प्रहरी बृत्त सातदोबाटो पठाएका छौं ।

महानगरिय प्रहरी बृत्त सातदोवाटोका अनुसार शिक्षक आचार्यलाई वडाध्यक्ष सानुभाई नगरकोटी जिम्मा लगाएर पठाइएको छ । तर वडाध्यक्ष नगरकोटीले आफूले पिडिकलाई आफूले फिर्ता नल्याएको बताए । उनले टेलिफोनमा आफूले शिक्षकलाई कारवाही गर्ने तयारी गरेको जानकारी दिए ।

 

गोदावरी ४का पुर्ववडाध्यक्ष मुकुन्द पहरीले पिडक शिक्षकलाई वडाध्यक्ष नगरकोटीले प्रहरी नियन्त्रणबाट फिर्ता ल्याएर लुकाएको भन्दै आपत्ती जनाएका

 

ठूलो संख्यामा विद्यार्थी घाइते भएपछि वडाध्यक्ष सानुभाई नगरकोटीको नेतृत्वमा छानविन समिती बनाइएको छ । छानवि समितीको मिटिङ आइतबार बोलाइएको बुझिएको छ ।

गोदावरी ४का पुर्ववडाध्यक्ष मुकुन्द पहरीले पिडक शिक्षकलाई वडाध्यक्ष नगरकोटीले प्रहरी नियन्त्रणबाट फिर्ता ल्याएर लुकाएको भन्दै आपत्ती जनाएका छन् ।

शिक्षकलाई कारवाही नगरे अभिभावकहरु विद्यार्थीलाई विद्यालय नपठाउने बताएका छन् । आफ्ना बच्चा घाइते भएपछि अभिभावकहरु आक्रोसित रहेको उनी बताउछन् । शिक्षक भेटेको खण्डमा अभिभावकहरु नै शिक्षकमाथि आक्रमण गर्ने मनस्थितीमा रहेको बुझिएको छ । अप्रिय घटना घट्न नदिन आफूले समन्वय गरेको बडाध्यक्ष नगरकोटी दावी गर्छन् ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ४ : ३९ बजे