१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पथ प्रर्दशकका १७ विद्यार्थी कुट्ने शिक्षक अञ्जनकुमारले कारवाहीबाट बच्न गराए अबैद्य सम्झौता



ललितखबर
३१ बैशाख । १७ विद्यार्थी कुटेर गम्भिर अपराध गरेका बडिखेलको पथ प्रर्दशक माध्यामिक विद्यालयका शिक्षक अञ्जनकुमार आचार्यले कानूनी कारवाही छल्न अबैद्य सम्झौता गरेका छन् ।
आचार्यले महानगरिय प्रहरी बृत्त सातदोवाटोमा पिडक आचार्यले पिडित परिवारलाई तीन बर्षसम्म पढाउन खर्च दिने सम्झौता गर्दै कानूनी कारवाहीबाट बच्न खोजेका हुन् ।
एकमुष्ठ १ लाख ८ हजार दिने सम्झौता गरेका हुन् । सम्झौता पत्रमा रकम उल्येख नगरिएको भए पनि १८ जना विद्यार्थीलाई बार्षिक ६ हजारका दरले क्षतिपूर्ति दिने सम्झौता भएको छ ।
थप कारवाही छल्न सम्झौता पत्रमा उल्येख भएका कुरा कानून विपरित भएको खण्डमा कानून बमोजिम हुने भनेर उल्येख छ ।
महानगरिय प्रहरी बृत्त सातदोवाटोका डिएसपि उमेश जोशीले उजुरी नआएसम्म आफूले कारवाही प्रकृया अघि बढाउन नसक्ने भन्दै घाइतेहरुलाई उपचार गराई दिने शर्तमा छोडेका छन् । उनले भने, हामीले मिलापत्र गरेका छैनौ ।
तर प्रहरीले बाहिर मिलापत्र गरेर आउन प्रहरीले सहायक भूमिका निभाएको थियो । दिनभर प्रहरी चौकीमा आएर उजुरी हाल्न ठिक्क परेका पिडितलाई विचौलियाले फकाई फुल्याई तीन बर्षसम्म पढ्न छुट गराई दिने शर्तमा हस्ताक्षर गराएर घटना मिलाएका हुन् ।
पिडक आचार्य उनीहरुको क्षतिपूर्ति वापत १ लाख ८ हजारबराबरको छुट विद्यालयले दिनुपर्ने अड्डी कसेर सकेसम्म आफ्नो खल्तीबाट पैसा नदिने जुक्ति निकालेका थिए । तर विद्यालय प्रशासनले हामीले विद्यार्थी कुट्न लगाएको हो र भन्दै सो प्रस्ताव ठाडै अस्वीकार गरेका थिए ।

कारवाहीको माग गर्दै प्रहरी बृत सातदोवाटो पुगेका पिडितहरु । लेन्स : ललितखबर

घटना मिलाउन पुर्ववडाध्यक्ष मुकुन्द पहरीलगायत स्थानीय विचौलिया सक्रिय थिए । उनीहरुले पिडितहरुलाई मिल्न दबाब र प्रभाव दिदै विभिन्न प्रलोभन दिएको एक पिडितले नाम नबताउने शर्तमा बताए । उनले भने, ‘के गर्नु गाँउ ठाँउमा बस्नुपर्छ । हाम्रा बालबालिका यही पढ्नु पर्छ । म एक जनाले भनेर हुँदैन । पिडितलाई हदै सम्म कारवाही नभएसम्म मनले नै मान्दैन ।’
गत शुक्रबार विद्यालयको कक्षा ७ मा पढ्ने विद्याथीहरुलाई ढोका थुनेर कुटेपछि स्थानीय अभिभावकले घर घेराउ गरेर कारवाहीको माग गरेका थिए । तर आचार्य पक्षका केही स्थानीयहरुले उजलाई लुकाएर प्रहरी महानगरिय प्रहरी कार्यालय बाँडगाँउ पु¥याएका थिए । प्रहरी कार्यालय बाँडगाँउले उनलाई प्रहरी बृत्त सातदोबाटाृ पठाएको थियो भने कार्यालयका प्रमुख डिएसपि जोशीले उजुरी नआई थुन्न नमिल्ने भन्दै गम्भिर अपराध गरेका आचार्यलाई प्रहरीले उजुरी नपरेको भन्दै वडाध्यक्ष सानुभाई नगरकोटीलाई जिम्मा लगाएर छोडेको थियो ।

कारवाहीको माग गर्दै निवेदन लेख्ने पिडितहरु ।

वालवालिकामाथि आक्रमण गरेको एक बर्षसम्म हदम्याद रहेको र सो समयसम्म उजुरी गर्नसक्ने कानूनी व्यवस्था छ । शिक्षक आचार्य दोषि ठहरिए उनीमाथि ७५ हजार जरिवाना र ३ बर्षसम्म कैद सजाय हुनसक्ने कानूनी व्यवस्था छ ।
शिक्षा शाखा समक्ष कारवाहीको सिफारिस

कारवाहीको माग गर्दै लेखिएको निवेदन ।

विद्यालय व्यवस्थापन समितीले शिक्षक अञ्जन कुमार आचार्यलाई कारवाही गर्न गोदावरी नगरपालिका शिक्षा शाखामा कारवाहीको लागि लेखी पठाउने निर्णय गरेको छ । गोदावरी ४ का वडाध्यक्ष समेत रहेका विद्यालय व्यवस्थापन समितीका अध्यक्ष नगरकोटीले कारवाहीको पत्र पठाउने निर्णय भएको बताइन् ।
वालवाललिका खोजतलास समन्वय केन्द्रको अनुगमन
वालवालिकाहरुमाथि भएको गम्भिर अपराधविरुद्ध वालवाललिका खोजतलास समन्वय केन्द्रले प्रहरी कार्यालय पुगेर घटनाबारे अनुगमन गरेको छ । समन्वय केन्द्रबाट आएका प्रतिनिधिले घटनाबारे जानकारी लिएर फर्केका हुन् ।

 

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  २ : ३६ बजे