४ पुस २०८२, शुक्रबार | Fri Dec 19 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर थपाहिटीको पुरातात्विक उमामहेश्वर ब्रिटिश म्युजियममा फेला



ललितपुर,१ जेठ । ६० वर्षअघि चोरी भएको पुरातात्विक सम्पदा उमामहेश्वरको प्रस्तरमूर्ति बेलायतको लन्डनस्थित ब्रिटिश म्युजियममा भेटिएको छ ।
ललितपुर पाटनको ओकुबहाल नजिकैको थपाहिटी पानीधारामा रहेको उमामहेश्वरको म्र्तिू बाह्रौं शताब्दीको सृजना भएको मानिएको छ । नेपाली सम्पदाको खोज तथा घरफिर्ती अभियानमा संलग्न ‘लस्ट आर्टस् अफ नेपाल’का अनुसार, हिन्दु परम्परा र बिम्बमा शिव–पार्वतीको जोडासहित छोराहरु गणेश, कुमारसहितको कुँदिएको प्रस्तर शिल्पी यो मूर्तिमा रहेको छ । यो सम्पदाका बारेमा स्वीस अन्वेषक उल्रिच भोन स्क्रोडरले आफ्नो ‘नेप्लिज स्टोन स्कल्प्चर्स, भोल्युम–१, हिन्दु)मा उल्लेख गरेका छन् ।

ओकुबहाल नजिकैको यही स्थानबाट नेपाल संवत १८५ को सूर्य आकृति हराएकोमा अहिले यसलाई पाटन म्युजियमको संकलनमा राखिएको छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ९ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।