१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र राधा फ्रान्सको ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मा मनोनयन



केही समययता नेपाली चलचित्रहरूले अन्तर्राष्ट्रिय महोत्सवमा आफूलाई अब्बल सावित गरिरहेका छन् । सहभागिताको हिसाबले नेपालका चलचित्र धेरै महोत्सवमा प्रदर्शन हुने गरेका छन्

१ जेठ । सुवर्ण थापा निर्देशित चलचित्र राधा फ्रान्सको कान्स सहरमा हुने ‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ मनोनयनमा परेको छ । निर्देशक थापाका अनुसार यो लेखन, निर्देशन, अभिनय तथा छायाङ्कनसहित सात विधामा मनोनयनमा परेको हो । “चलचित्रमार्फत हाम्रो काम र निर्माणलाई विश्व मञ्चमा प्रस्तुत गर्दा हामीलाई बुझ्न मद्दत पुग्ने छ । यो सहभागिता वा छनोट हाम्रो लागि खुशीको कुरा हो”, उनले भने ।

पछिल्लो समय २०७९ सालमा प्रदर्शन भएको चलचित्र ‘द सेक्रेट्स अफ राधा’ विभिन्न महोत्सवमा सहभागी भइरहेको छ ।

‘ला फेमे इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल’ विशेष गरी महिला चलचित्रकर्मी र महिला चरित्रलाई स्थान दिने उद्देश्यले सन् २००५ देखि आयोजना हुँदै आएको छ । महिलाको सहनशक्तिको कथा प्रस्तुत गरिएको ‘द सेक्रेट्स अफ राधा’ मा सृष्टि श्रेष्ठ शिर्ष भूमिकामा हुनुहुन्छ । महोत्सव यही जेठ ९ गते सम्पन्न हुनेछ ।
केही समययता नेपाली चलचित्रहरूले अन्तर्राष्ट्रिय महोत्सवमा आफूलाई अब्बल सावित गरिरहेका छन् । सहभागिताको हिसाबले नेपालका चलचित्र धेरै महोत्सवमा प्रदर्शन हुने गरेका छन् । ‘कालोपोथी’, ‘सेतो सूर्य’ पश्चात धेरै चलचित्र ती महोत्सवमा पुगेर केहीले आफूलाई अब्बल प्रमाणित गर्दै पुरस्कृतसमेत भए ।

प्रकाशित मिति : १ जेष्ठ २०८०, सोमबार  ३ : ४२ बजे