अरु कलाकारहरुले पनि सुन उपहार दिने कार्यक्रम बन्छ कि
२ जेठ । चलचित्र ‘नम्बरी सुन’का निर्माता नारायण खातीले राजधानीमा निर्देशक राजु गिरीलाई एक तोला बराबरको सुन उपचार दिएका छन् ।
राजधानीमा शिर्ष गीत सार्वजनिक कार्यक्रममा निर्माता खातीले चलचित्रका लागि असाध्यै राम्रो काम गरेको भन्दै सुनको खुकुरी कोर्टमा लगाइदिएका हुन् ।्
उनले सुनमा आधारित पहिलो चलचित्र बनेको भन्दै कथाबस्तुबारे खुलासा गरे । उनले चलचित्र हेर्ने दर्शकलाई समेत एक तोला सुन गोला प्रथाबाट उपहार दिने उद्घोष गरे । भने, ‘हेरौं ट्रेलर टिजर र गीतहरु सार्वजनिक गर्ने अरु धेरै कार्यक्रमहरु आयोजना हुन्छन् । अरु कलाकारहरुले पनि सुन उपहार दिने कार्यक्रम बन्छ कि?’
चलचित्रको पहिलो गीतमा राजेश पायल राई र शान्ती श्री परियारको स्वर छ भने नारायण खातीको शब्द र सन्तोष श्रेष्ठको संगीत छ ।
चलचित्रकोयस गीतमा अभिनेता गौरव पहारी र अभिनेत्री नम्रता सापकोटाले नृत्य छ । चलचित्रमा सरोज खनाल, वुद्दि तामाङ, राजाराम पौडेल, विनोद न्यौपाने, किरण नेपाली, राजेन्द्र खड्गी, सविन बास्तोला, गीता अधिकारी, नारायण खाती, अस्मिता न्यौपाने, राजेन्द्र गिरीलगायतको अभिनय छ ।
चलचित्रको छायांकन दिव्य सुवेदीले गरेका छन् । गौतम राज खड्काको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी, शिवम् अधिकारीको कथा तथा पटकथा चलचित्रमा छ । चलचित्रको निर्देशन राजु गिरीले गरेका हुन् ।
यो चलचित्र भदौको १ गतेबाट सार्वजनिक गर्ने निर्माण पक्षको तयारी छ ।
प्रतिक्रिया