६ पुस २०८२, आइतबार | Sun Dec 21 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अर्थ


भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य



काठमाडौं, २ जेठ ।  भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएको छ।  भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर नयाँ मूल्यसूची पठाएको हो। निगमका अनुसार प्रतिलिटर पेट्रोलमा ९.५२ रुपैयाँ र डिजलमा ८.१३  रुपैयाँका दरले घटेर नयाँ मूल्यसूची आएको छ।

आईओसीले निगमलाई अंग्रेजी महिनाको १ र १६ तारिखका दिन नयाँ मूल्यसूची पठाउँदै आएको छ। अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटबढ हुँदा सोहीअनुसार मूल्य समायोजन गर्दै आईओसीले नियमलाई नयाँ मूल्यसूची पठाउने गरेको छ।

यसअघि पनि भारतबाट मूल्य घटेर आउँदा निगमलाई पाक्षिक (१५ दिन)मा १ अर्ब ६० करोड रुपैयाँ नाफा भएको थियो। अहिले पनि मूल्य घटेर आएकाले यही मूल्य कायम रहे निगमलाई १५ दिनमा करिब साढे ३ अर्ब नाफा हुने अनुमान गरिएको छ।

निगमले सञ्चिति नोक्सान देखाउँदै पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छैन। हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ र डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  १२ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।