२८ मंसिर २०८२, शनिबार | Sat Dec 13 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंमा चन्दा असुल्ने दुई युवक प्रहरीको फन्दामा



अखिल नेपाल टेर्ड युनियन मजदुर संघको केन्द्रीय सदस्य बताउने अमृत र अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य बताउने धन बहादुरलाई पक्राउ

२ जेठ । काठमाडौं उपत्यकामा चन्दा असुल्ने दुई युवक प्रहरीको फन्दामा परेका छन् ।

प्रहरीका अनुसार काठमाडौंका विभिन्न विद्यालय, कलेज, कम्पनी, व्यापारी, उद्योग, कलकारखाना, वैक्वेट लगायतबाट अवैध रूपमा चन्दा असुली गरेको अभियोगमा २ जनालाई काठमाडौं लैनचौरबाट सोमबार प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा बैतडी बैतडी नगरपालिका ३ घर भई ललितपुर चाँगाथली बस्ने ४२ वर्षीय अमृत कार्की र सल्यान वागचौर नगरपालिका ६ घर भई काठमाडौं जोरपाटी बस्ने ३२ वर्षीय डि.वि. चन्द भन्ने धन बहादुर चन्द रहेका छन् ।
उनीहरूले अवैध रुपमा चन्दा माग गरी असुल उपर गरिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न आफूलाई अखिल नेपाल टेर्ड युनियन मजदुर संघको केन्द्रीय सदस्य बताउने अमृत र अखिल क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य बताउने धन बहादुरलाई पक्राउ
गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  २ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।