१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


अभिनेता गौरव पहारी ‘नम्बरी सुन’मा नाच्नै नजानेपछिको हैरानी



म गौरवको तालमा नाचेको छु । अनि मात्रै लय मिल्यो

३ जेठ । ‘नाच्न जान्दैन आँगन टेडो’ भन्ने उखान त नेपाली समाजमा सुनिएकै हो । अभिनेता गौरव पहारीले चलचित्र नम्बरी सुनको सुटिङको पहिलो दिनमै नृत्य गर्नु पर्दा हैरानी खेप्नु परेको अनुभव सुनाएका छन् । राजधानीमा आयोजित कार्यक्रममा अभिनेता पहारीले आफूले नाच्न नजान्दा साह्रै अप्ठ्यारो परेको बताए ।
उनले चलचित्र निर्माता नारायण खातीलाई ‘केही दिनपछि नृत्य राख्नु न’ भनेर अनुरोध त गरेकै हुन् । तर निर्माता निर्देशक ले मानेनन् । उनले भने, ‘चलचित्रको बजेटको धेरै हिस्सा म नृत्यमा खर्चन चाहन्थे । जुन पछि गर्दा बजेट घट्छ ।’
उनलाई नृत्य निर्देशक रामजी लामिछानेसँगै सहायक निर्देशकहरु निर्मला र जितको सहरामा खुट्टा हल्लाए ।
आफू नाच्नै नजान्ने खुलाखा गर्दै अभिनेता पहारीले अभिनेत्री नम्रता सापकोटाको सहयोगले नाच्न सकेको चन्दै सन्तोषको सास फेरे । गौरव नाच्नै नजान्ने कुराको पुष्टि गर्दै सापकोटाले भनिन्, ‘म गौरवको तालमा नाचेको छु । अनि मात्रै लय मिल्यो ।’
गौरव थियटरबाट चलचित्र प्रवेश गरेका कलाकार हुन् । नेपाली चलचित्रका अधिकांश कलाकार नृत्य, फाइटलगायतका विद्यामा कमजोर छन् । उनीहरुको ककजोरी चलचित्रको पर्दामा झल्कदा चलचित्र कृतिम लाग्छन् ।

प्रकाशित मिति : ३ जेष्ठ २०८०, बुधबार  ३ : ०६ बजे