१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


‘भस्मे डन’को छायांकन सकियो



काठमाडौं, ५ जेठ । नेपाली फिल्म ‘पशुपति प्रसाद २ः भस्मे डन’को छायांकन सकिएको छ । दीपेन्द्र के खनालले निर्देशन गरेको यो फिल्मको छायांकन ५६ दिनमा पूरा भएको हो।

फिल्म निर्माण टिमले यही फिल्मको अघिल्लो सिरिज ‘पशुपति प्रसाद’को छायांकन १७ दिनमा सकेको थियो। ७ वर्षअघि रिलिज भएको उक्त फिल्म बक्स अफिसको सफल फिल्म हो।

‘पशुपति प्रसाद २ः भस्मे डन’को छायांकन गत चैत १० गते सुरु भएको थियो । दीपेन्द्रले फिल्म निर्माण सकिँदा २ करोड बजेट लगानी हुने बताएका छन्। दसैंको फूलपातीमा रिलिज हुने यो फिल्मलाई लिएर उद्योगमा सफलताको आश गरिएको छ।

सफल फिल्मको सिरिज भएकाले पनि फिल्मले बक्स अफिसमा धमाका गर्ने अपेक्षा सामान्य देखिन्छ। फिल्ममा विपिन कार्की, स्वस्तिमा खड्का, सौगात मल्ल, खगेन्द्र लामिछाने, वर्षा शिवाकोटी, रविन्द्र सिंह बानियाँ, मिश्री थापा, सजन थापा, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गरेका छन्।

टुकी आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मको कथा खगेन्द्र लामिछानेले लेखेका हुन्। निरज कँडेलको छायांकन रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाज र सुभाष भुसालको संगीत छ ।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  ६ : ५० बजे