१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘डाकिनी’को प्रिमियर (तस्विरहरु)



ललितखबर
६ जेठ । राजधानीमा शुक्रबार साँझ चलचित्र ‘डाकिनी’को प्रिमियर गरिएको छ । पत्रकार कलाकार र शुभेच्छुकहरु माझ चलचित्र देखाइएको थियो ।
प्रिमियर कार्यक्रममा विभिन्न बौद्धिक बर्गको भीडभाड थियो ।


राजधानीको पाटनका विभिन्न गल्ली र काभ्रेमो पनौतीमा सुटिङ गरिएको यस चलचित्रमा नेपाली र तिव्वती भाषा प्रयोग गरिएको छ । राजधानीमा सम्पदा क्षेत्रका काष्ठकला मूर्तिकलालाई पृष्ठभूमि बनाएर चलचित्र खिचिएको छ । चलचित्रमा पनौतीको गाँउले दृश्य र स्थानीय भरिवेश समावेश छ ।


चलचित्र हेर्ने धेरै नेपालीका लागि भाषाको समस्या पर्न सक्छ । चलचित्रमा नेपाली संवाद थोरै छ ।
चलचित्रमा मुख्य भूमिकामा भियतनामका छिरिङ तासी र अमेरिकाबाट आएकी तेन्जिङ कुन्सेलसँगै नेपाली कलाकार रविन्द्रसिंह बानियाँको अभिनय हेर्न सकिन्छ ।
बौद्ध ग्रन्थमा आधारित चलचित्रमा भिक्षुहरुको दृश्य छ ।


बज्रयोगिनी, ताराजस्ता देवी ‘डाकिनी’को दन्त्यकथा आधारित देवीको खोजीको कथा डाकिनीमा हेर्न सकिन्छ । रिम्पोचे खोन्छे नोर्बुको लेखन र निर्देशनमा चलचित्र निर्माण गरिएको हो ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ३ : ३२ बजे