१२ कार्तिक २०८१, सोमबार | Mon Oct 28 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


काठमाडौंका विद्यालय डुल्दै महानगरका मेयर बालेन



ललितखबर
६ जेठ । पछिल्लो समय काठमाडौं महानगरका मेयर बालेन शाह विद्यालय निरिक्षणका लागि विद्यालयहरुमा डुल्न सुरु गरेका छन् ।
यसै क्रममा उनले शुक्रबार पद्मकन्या विद्याश्रम र शिवपुरी माध्यमिक विद्यालयको निरिक्षण गरे । पछिल्लो समय महानगरले शुक्रबार एक दिनलाई कपिकलम विना नै विद्यार्थीहरुलाई विद्यालय ल्याएरै ‘बुक फ्री फ्राइडे’को रुपमा प्रयोगात्मक शिक्षा दिन सुरु गरेको छ ।
निरिक्षणका क्रममा मेयर बालेनले शुक्रबार शिक्षामा सीप कार्यक्रममार्फत विद्यार्थीहरूसँगै बसेर सिक्न मौका पाएको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।
शिवपुरी माध्यमिक विद्यालयमा पाक कला र मोबाइल इलेकट्रोनिक्स गरी २ वटा कक्षा सञ्चालनमा छन् ।
उनले अनुगमनमा विद्यार्थीलाई भविष्यको लागि तयार गर्न यसले पार्ने प्रभावको बारेमा बुझ्ने मौका समेत पाएको र अडियो भिजुअल कक्षामा विद्यार्थीहरूको सहभागिता कस्तो छ भनेर पनि हेर्ने मौका पाएको थिएको उल्येख गरेका छन् ।

उनले विद्यालयहरूको अवस्था, आवश्यक पूर्वाधार, स्रोतसाधन र अन्य आवश्यकताबारे जानकारी लिदै विद्यालयको शौचालयको सरसफाई र अवस्थाबारे बुझे ।

उनले पद्मकन्या विद्याश्रममा पत्रपत्रिका पठन, भाषण तथा कविता, कला तथा खेलकुद, चित्रकला, सर्वेक्षण, विज्ञान प्रयोगशालाबारे बुझेका थिए ।

उनी पछिल्लो समयमा हरेक शुक्रवार विद्यालयमा विद्यार्थिहरु सँगै बस्ने र उनीहरू सँग बसेर सिक्ने गरेको उल्येख गरेका छन् । केही समयअघि उनी कक्षाकोठामा विद्यार्थीसँगै बसेको तस्विर सार्वजनिक गरेका छन् ।
उनले काठमाडौं महानगरले शिक्षामा विशेष जोड दिएको बताउने गरेका छन् ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ३ : ५७ बजे