१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भक्तपुरमा इनारमा खसेकी महिलाको जिवितै उद्धार



भक्तपुर, ६ जेठ । नेपाल प्रहरीले भक्तपुरमा इनारमा खसेकी एक महिलाको जिवितै उद्धार गरेको छ। शनिबार दिउँसो ४ बजेर ५३ मिनेटमा मध्यपुर ठिमी नगरपालिका–६ पुरानो ठिमीको सुप्रिम स्कुल नजिकै मिलन प्रजापतीको घरको कम्पाउण्डमा रहेको इनारमा महिला खसेकी थिइन्।
इनारमा महिला खसेको जानकारी पाएलगत्तै प्रहरी नायब उपरीक्षक रबिन श्रेष्ठ समेतको १५ जनाको उद्धार टोलीले दोलखाको गौरीशंकर गाउँपालिका–३ घर भएकी ३२ वर्षीया गीतादेवी बस्नेतको जिवितै उद्धार गरिएको हो।
माटोको गमला बनाउने काम गर्दै आएकी उनलाई नाइलनको डोरीको सहायताले सकुसल उद्धार गरिएको थियो। दाइने हातो कान्छी औंला छिनिएको र दुवै गालामा धस्रिएको तथा निधारमा चोट लागेको प्रहरीले जनाएको छ। साथै अहिले उनको उपचार भइरहेको छ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ४ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।