१९ माघ २०८२, आइतबार | Mon Feb 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नख्खु–भैँसेपाटी–बुङमती सडकखण्डको काम छिटो सम्पन्न गर्न निर्देशन



काठमाडौं, ८ जेठ । भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले ललितपुरको नख्खु-भैँसेपाटी–बुङमती अन्तर्गत भैसिपाटी आवास क्षेत्रको सडकखण्डको काम छिटो सम्पन्न निर्देशन दिएका छन्।

सोमबार उक्त सडकखण्डको स्थलगत निरिक्षण गर्दै मन्त्री ज्वालाले ज्येष्ठ मसान्तभित्र काम गर्ने प्रतिबद्धता ठेकेदार कम्पनीले गरेको भन्दै आफुले काम छिटो सम्पन्न निर्देशन दिएको जानकारी दिए।

काम सम्पन्न गर्नेका लागि देखिने समस्याहरुलाई सरकारले समाधान गर्ने र ठेकेदार कम्पनीले पनि ढिलासुस्ती नगरी काम गर्नुपर्ने उनको भनाइ छ।

समयमा नै सडक निर्माणको काम सम्पन्न नभएको भन्दै भैंसेपाटीका स्थानीयहरुले केही दिनअघि उक्त सडकखण्ड वन्द गरेर विरोध जनाएका थिए।

मन्त्री ज्वालाले खानेपानी र सडकको काम अघि बढाउदा समन्वयन नहुदा सडक निर्माणमा ढिलाई भएकाले अव छिटो काम सम्पन्न हुने विश्वास व्यक्त गरे।

मन्त्री ज्वालाले समयमा नै आयोजना सम्पन्न गर्न मुलुकको बिकासको मोडललाई पनि परिवर्तन गर्नुपर्ने अवस्था देखिएको भन्दै अन्तरमन्त्रालय समन्वयनमा पनि ध्यान दिनुपर्ने अवस्था रहेको जिकिर गरे।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ९ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।