६ चैत्र २०८२, शुक्रबार | Fri Mar 20 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


महिलाको कानको गहना लुछेर भाग्ने युवक काठमाडौं डल्लुबाट पक्राउ



काठमाडौं न्युरोड बस्ने २७ वर्षीय प्रबिन ढुङ्गानाले डल्लु रामँघाट नजिक हिँडिरहेको अवस्थामा यसै ठाउँमा बस्ने बस्ने ३० वर्षीया महिलाको दाहिने कानको मुन्द्रा लुछी भागेका थिए

१२ जेठ । काठमाडौंमा एक महिलाको कानको गहना लुछेर भाग्ने एक युवक पक्राउ परेका छन् ।
प्रहरीका अनुसार काभ्रे पाँचखाल नगरपालिका ६ घर भई हाल
काठमाडौं न्युरोड बस्ने २७ वर्षीय प्रबिन ढुङ्गानाले डल्लु रामँघाट नजिक हिँडिरहेको अवस्थामा यसै ठाउँमा बस्ने बस्ने ३० वर्षीया महिलाको दाहिने कानको मुन्द्रा लुछी भागेका थिए ।
उनलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले भाग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो भने उनको साथबाट लुटपाट गरेको मुन्द्रासहित पक्राउ गरेको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  १ : २४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।